Monday, May 27, 2013

सीमान्कृत आवाजहरु - प्रवीण पुमा




(हिमालयको पृष्ठभूमिमा एउटा घर छ । त्यो घरको आधामाथिको भागमा सेतो माटो र आधा तल्लो भागमा रातो माटोले पोतिएको छ । त्यो घरको सिकुवामा ढोल झुन्डिरहेको छ । त्यो घरको आँगनमा मकैको ठाङ्ग्रा छ । त्यो ठाङ्ग्रा मुनी खोङमा छ । त्यो खोङमाको अगाडि एउटा आधाबैंसे महिलाले ढुङगामाथि बसेर एकोहोरो आकाशतिर जूनलाई हेरिरहेको छ ।)


बाखामाː
(बिस्तारै आएर त्यो महिलाको काँधमा समाउँदा त्यो महिला बिस्तारै फर्किन्छ ।) आमा, तपाईंलाई के भयो ?

आमाː
(बिस्तारै टाउको हल्लाउँदै) केही पनि भॉको छैन ।

बाखामाː
(नियाल्दै) अनि किन आगनमा एक्लै टोलाएर बसिरहनु भॉको त आमा ?

आमाː 
(आँशु पुच्दै) त्यतिकै । बस्नु मन लागेर ।

बाखामाː
(फकाउँदै) आमा ǃ नरुनुहोस्, नरुनुहोस् (बिस्तारै उठाउँदै) आमा, जे नहुनु थियो, त्यो भइसक्यो । अब सधैँ यसरी पापाको यादमा रुएर त हुँदैन नि ǃ बरु हिम्मतको साथ आत्मबल पो बलियो पार्नु पर्छ त ǃ

आमाː
(आँशु पुछ्दै) त्यो ता हो । तर, आफन्तको बियोगमा आँशु पिएर बाँच्नु पर्दा मन कहाँ थामिन्छ र ? जति मन थाम्यो, उति नै छातीमा भक्कानो छुटेर आउँछ ।

कमाण्डरː
(भित्रबाट आएर) बाखामा, हामी यो गाउँमा छिरेको शत्रुहरुले सुँईको पाइसकेछ । तर्सथ, शत्रुहरुलेहामीलाई छ्याप्छ्याप्ती खोजिरहेको छ । अहिले सदरमुकाममा शत्रुहरुको सङ्ख्या कम छ । यही मौकामा हामीले सदरमुकाम कब्जा गरेर शहीद कम्रेड नामसामको रगतको मूल्य उठाउनै पर्छ । (भित्रतिर हेर्दै) कम्रेड वाबुनिमा ǃ

वाबुनिमाː
(पाश्र्वमा) हजुर सा’प ǃ

कमाण्डरː 
सबै कम्रेडहरुलाई होसियारीको साथ अगाडि बढाऊ ।

वाबुनिमाː
(पाश्र्वमा) हुन्छ सा’प ǃ

कमाण्डरː
बाखामा, तपाईं पनि होसियारीको साथ बस्नुहोला । अहिले हामी जान्छौं । (चारैपटिबाट छापामारहरू लामबद्ध निस्किएर जान्छ । त्यो छापामारहरुको बीचमा लागेर कमान्डर पनि जान्छ । उनीहरु गएतिर आमा–छोरीले एकोहोरो हेरिरहन्छ ।)

आमाː
(बाखामातिर हेर्दै) बाखामा, यो बन्दुकेहरु किन सधैँ हाम्रै घरमा बास बसेर जान्छ ?

बाखामाː
आमा, यिनीहरु आÇनो मुक्तिको लागि लड्ने छापामारहरु हो । शान्तिपूर्ण तरिकाले आÇनो अधिकार सरकारलाई माग्दा नपाएपछि सरकारकै विरुद्धमा यो छापामारहरुले हतियार उठाएको छ ।

आमाː 
तर बाखामा, आÇनै देशको दाजुभाइ–दाजुभाइ लडेर समस्याको समाधान हुन्छ त ?

बाखामाː
त्यो त कहाँ हुनु आमा, हुँदैन नि ǃ बरु अभैm गृहयुद्धको दलदलमा देश फसिन्छ । देशमा शान्ति सुरक्षा हुँदैन । देश असफल राष्ट्र बन्छ । विदेशी हस्तक्षेप बढ्छ । देशको राष्ट्रियतामाथि नै प्रश्न चिन्ह् उठ्छ । त्यतिखेर त्यो देशै रहन्छ कि रहन्दैन, केही थाहा हुँदैन ।

आमाː
बाखामा, हाम्रो देश जरजर भएको छ । देशको अवस्था कहाली लाग्दो छ । तैपनि पनि किन हाम्रो देशको नेताहरु कुकुर–बिरालो जस्तो लाप्पा मात्रै खेलिरहेको छ ? अनि किन विद्रोहीपक्षको मागप्रति राज्यपक्ष सधैँ मौन रहन्छ ?

बाखामाː
मौन मात्रै कहाँ हो र, आमा ? विद्रोहीहरुलाई हतियारको भरमा दबाई रहनु खोज्छ । अचम्मको कुरा त यो हो कि, हतियारले दबाएर विचार मर्दैन भनेर यो नेताहरुको कहिल्यै बुद्धि फिरेन । यो नेताहरु सबै बाठैबाठा मात्रै भयो । एकले अर्कालाई दोहोलो काड्न मै बुद्धि–ज्ञान, समय, सम्पत्ति खर्च ग¥यो । यहाँ सबै ठुटे नेतै नेता मात्रै भयो । कोही पनि राजनेता भएन । आÇनो स्वार्थ पूर्ति गर्नु बाहेक राष्ट्र, राष्ट्रियता र नागरिकप्रति कहिल्यैउत्तरदायी भएन ।

आमाː
बाखामा, हाम्रो नेताहरुको ताल सधैँ यस्तै रहने हो भने देश नरहनु पनि सक्छ । अनि देशै नरहे यो नेताहरुले कहाँ ढलिमुली गर्दो रहेछ त ?

बाखामाː
आमा, देशको संक्रमणकालिन अवस्थामा यस्तै हुन्छ ।

आमाː
हो, हुन्छ । तर राजनेता भएपछि सही तरिकाले त्यसको व्यवस्थित गर्नु पनि जान्नु पर्छ नि ǃ बलियो छु भन्दैमा दुब्लोलाई मारिहाल्नु ता भएन नि ǃ आÇनो अधिकार खोज्दा अरुको अधिकार हनन् गर्नु ता भएन नि ǃ आÇनो अधिकार पनि खोज्नु जान्नु पो पर्छ त ǃ

बाखामाː
आमा, तपाईंले सरकारको बचाउ गर्दै हुनुहुन्छ ।

आमाː 
त्यो तिम्रो बुझाईको कुरा हो । तर, मैले कसैको बचाउ गरेको छुईन र गर्दिन पनि । म जे देख्छु, त्यही भन्छु । जे भन्छु, त्यही गर्छु । आखेरी, म पनि त राज्यबाटै हारेको बाखामामा त हुँ नि । तर यतिकुराचाहिँ सत्य हो कि, युद्धबाट समस्याको समाधान हुँदैन । यो मेरो वैचारिक मत हो । म गलत पनि हुन सक्छु ।

बाखामाː
त्यो त तपाईंको वैचारिक कुरा हो । तर विचार र शिद्धान्तले मात्रै समस्याको समाधान हुँदैन, आमा । आवश्यकता अनुसार हतियार पनि उठाउनु पर्छ ।

आमाː
तिमीले युद्धलाई बढावा दिँदैछौ ।

बाखामाː
(आक्रोसमा) तपाईंले मलाई आत्मा समर्पण गराउँनु खोज्दै हुनुहुन्छ । आत्मा समर्पण भन्ने कुरा युद्धमा नहोमिएको तपाईंलाई के थाहा ? तपाईंलाई थाहा छ ? हाम्रो पूख्यौली राज्यहरुलाई हडपेर हामीलाई नै शरणार्थी बनाएको कुरा ? हाम्रो पूर्खाहरुलाई मुला काटेभैm काटी मारेको कुरा ? हाम्रो पूर्खाहरुको घुँडाको पाङग्रा काटेर दौडाएको कुरा ? तपाईंलाई थाहा छ, हाम्रो पूर्खाहरुलाई बलात्कार गरेर मारेको कुरा ? हाम्रो पूर्खाहरुको गुप्ताङगहरु काटेर मारेको कुरा ? हाम्रो पूर्खाहरुलाई सूलीमा चढाएर फाँसी दिएकोकुरा ? हाम्रो पूर्खाहरुको छाला काडेर नुन खोर्सानी र चुक दलेर तड्पाइ तड्पाइ मारेको कुरा ? तपाईंलाई थाहा छ, हाम्रो पूर्खाहरुको लासलाई गिद्धहरूले खाँदा पनि हा..हा..हा..भन्दै धपाएको कुरा ? के यो सबै प्रश्नहरुको उत्तरहरु तपाईंलाई थाहा छ ? तपाईंलाई यति मात्रै थाहा छ कि, हतियारले समस्याको समाधान हुँदैन भन्ने कुरा । तर आवश्यकता अनुसार हतियार पनि उठाउनु पर्छ । हतियार उठाउनु रहर होइन आमा, बाध्यता हो, बाध्यता ।

आमाː
(आक्रोसमा) भो, नसिकाउ यस्तो कुरा ǃ तिमीले भन्दा अगाडि मैले धेरै भोटो फटाएको छु । र, तिम्रो सबै प्रश्नहरुको उत्तरहरु पनि मलाई राम्ररी थाहा छ । मलाई यो पनि थाहा छ कि, आÇनो अधिकार माग्दा तिम्रो आ’पाको शत्रुहरुले विभत्स हत्या गरेको कुरा पनि । तर मैले भन्नु खोजेको कुरा यति मात्रै हो कि, हतियारले समस्याको समाधान हुँदैन भन्ने कुरा । (अचानक झस्किएर बाखामा भाग्छ । बन्दुकको आवाजसँगै आमा भुकलुक्क ढल्छ ।)

सेनानीː
(पाश्र्वमा) ओई केटा हो ।

सेनाहरूː
हजूर सा’प ǃ

सेनानीː
राम्ररी खोजतलास गर ।

सेनाहरूː
(पाश्र्वमा) हुन्छ सा’प । (सेनाहरु प्रवेश गरेर यताउति खोजतलास गर्छ ।)

सेनानीː
खै कता भाग्यो अरु ? (लासलाई हेर्दै) साले यो बूढीया पो अकालमै गएछ । (आदेश दिंदै) ओइ केटा हो ?

सेनाहरूː
हजुर सा’प ǃ

सेनानीː
(आदेश दिँदै) यो बूढीयाको छेउछाउमा पर्चाहरु छर्दे ।

सेनाहरूː
हुन्छ सा’प ।

सेनानीː
अनि सुन् ।

सेनाहरूː
हजुर सा’प ।

सिपाहीː
यो बूढीयाको लाश छेउमा केही गोलीहरु पनि राख् । अनि ‘सरकारी सुरक्षाकर्मीहरुमाथि आक्रमण गरेकोले जवाफी कार्वाहीमा एक आतङ्ककारी महिलाको घटना स्थलमै मृत्यु भयो’ भनेर समाचार पठा
सेनाहरूːहुन्छ, सॉप । (आÇनो झोलाबाट पर्चाहरु निकालेर छर्छ । त्यो लासको छेउमा एउटा ग्रिनेट पनि राख्छ । खोजतलासपछि सेनानीको प्रवेश गर्छ ।)

सेनानीː
खोई केटा हो ? अरू आतङ्ककारीहरुलाई भेटेनौं ?

सेनाहरूː
(एउटै स्वरमा) भेटेनौ सा’प ।

सेनानीː
ल ठीक छ । उसो भए अब हाई एलर्टको साथ सर्च गर्दै हिँड केटा हो ।

सेनाहरूː
(एकै स्वरमा) हुन्छ, सा’प । (सेनाहरूको बीचमा सेनानी जान्छ । एउटा लठेप्रो काँदमा रेडियो झुण्डाएर प्रवेश गर्दा लासलाई देख्छ ।)

लठेप्राː 
(आत्तिन्दै) छ...छ...छन्ना ? ति...ति..तिमीलाई के..के..के भयो ? (गुहार्दै) तु...तु..तुप्पा । छ...छ...छन्नालाई से...से...सेनाले मा...मा...मारेछ, ह...ह... है । छि...छि...छिटो आ...आ...आउनु प...प...प¥यो, ह...ह...है । य...य...यहाँ ब....ब...बर्वाद भ...भ...भयो, ह...ह...है । (लठेप्राको रेडियोमा पीडाको गीत बजिरहेको हुन्छ । यताउति हेर्दै बिस्तारै चाल मारेर बाखामाको प्रवेश हुन्छ । लटेप्राको छेउमा बिस्तारै बसेर बाखामा रुन्छ । खलबल गर्दै गाउँलेहरु दौडिएर आउँछ । गाउँलेहरु छक्क पर्छ । गीत सकिएपछि रेडियोले समाचार भन्छ ।)

रेडियोː 
अहिले तपाईंहरु सुन्दै हुनुहुन्थ्यो आधुनिक गीत । अब सुन्नुहोस ब्रेकिङ न्यूजः ‘आज बिहान खोटाङको पाथीभारामा सेना र आतङ्ककारीबीच मुडभेड हुँदा एक आतङ्ककारी महिलाको घटना स्थलमा नै मृत्यु भएको छ । उक्त आतङ्ककारी महिलाबाट सेनाले एक थान एसएसजी राईफल र सयवटा गोली बरामत गरेको छ । हाल त्यस घटनास्थल वरपर सेनाले आÇनो कार्वाहीलाई तीव्र बनाएको कुरा रक्षा मन्त्रालयले जनाएको छ ।’

साप्तोङखाː 
हेर दक्छावुवाचि ǃ पोर बाखामापालाई मारेर आतङ्ककारी भन्यो । अस्ती दोवालाई साम्खा गरिरहेकै ठाउँमा मारेर आतङ्ककारी भन्यो । हिजो वाचीपालेमालाई बलात्कार गरी मारेर आतङ्ककारी भन्यो । आज फेरि बाखामामालाई घरैमा मारेर आतङ्ककारी भन्यो । (आक्रोसमा) के यो सबै सोझोसाझो जन्ताहरु आतङ्ककारी नै हो त ? के आप्mनो अधिकार खोज्नेहरू सबै आतङ्ककारी नै हो त ? के आप्mनो अधिकार खोज्ने हामी सबै आतङ्ककारी हौं त ? होइन भने किन राज्यले सधैँ हामीलाई सीमान्तकृत बनाइरहन्छ ? के हामीले सधैँ राज्यको अन्याय–अत्याचार र दमन सही नै रहनु पर्ने हो ?

बाखामाː
(आक्रोशमा) होइन ǃ सुरक्षाको नाममा हामीलाई राज्यले सधैँ अन्याय, अत्याचार र दमन गरिरह्यो । आÇनो अधिकार माग्दा आतङ्ककारी भन्दै सिधासाधा जन्ताहरुलाई भटाभट मारिरह्यो । अब यिनीहरुको अन्याय, अत्याचार र दमन सहेर बस्नु हुँदैन । आजैदेखि आÇनो अधिकारको लागि एकजुट भएर उठनु पर्छ । सहिदहरुको रगतको मूल्य उठाउँनु पर्छ । अब हाम्रो सीमान्तकृति आवाजहरूलाई उठाउँनै पर्छ ।

गाउँलेहरुː 
(एकै स्वरमा उठेर नारा लगाउँदै) हो हो, हाम्रो सीमान्तकृत आवाजहरूलाई उठाउनै पर्छ । उठाउनै पर्छ ।

बाखामाː
(नारा लाउँदै) सीमान्तकृत आवाजहरु जिन्दावाद ǃ

गाउँलेहरुː 
(नारा लाउँदै) जिन्दावाद ǃ जिन्दावाद ǃ

बाखामाː
(नारा लाउँदै) सीमान्तकृत आवाजहरु जिन्दावाद ǃ

गाउँलेहरुː 
(नारा लाउँदै) जिन्दावाद ǃ जिन्दावाद ǃ (गाउँलेहरुले निरन्तर नारा लगाई रहेको हुन्छ । प्रकाश बिस्तारै बिलयन हुन्छ । नाराहरु झनभन चर्किन्दै जान्छ ।)


(पर्दा बन्द हुन्छ ।)