SUMNIMA THEATRE

Saturday, October 11, 2014


































































Posted by PRAVEEN PUMA at 4:28 PM No comments:
Newer Posts Older Posts Home

KIRAT ROYAL PALECE

KIRAT ROYAL PALECE
PHOTO BY DEURALEE CHAMLING

About Me

My photo
PRAVEEN PUMA
Chisapani-7, Pathibhara, Khotang, Sagarmatha, Nepal
'When a man stands to the crowd, s/he needs his identity.' Email: thumrahong@gmail.com sumnimatheatre@gmail.com Contact: +977 9841245548/ 9742072531
View my complete profile

HONCHHA(Anthology of Drama)

HONCHHA(Anthology of Drama)
Byː PRAVEEN PUMA

SAYA (Mundum Drama-2012)

SAYA (Mundum Drama-2012)
By PRAVEEN PUMA

HENKHAMA-NINAMMA

HENKHAMA-NINAMMA
KIRATI MYTH BY PUMA

HETCHHAKUPPA Drama By; PRAVEEN PUMA

HETCHHAKUPPA Drama By; PRAVEEN PUMA
BY ; PRAVEEN PUMA

SUMNIMA Drama By; PRAVEEN PUMA

SUMNIMA  Drama By; PRAVEEN PUMA
BY: PRAVEEN PUMA

NINAMMA Drama By; PRAVEEN PUMA

NINAMMA  Drama By; PRAVEEN PUMA
By: PRAVEEN PUMA

SUMNIMA Film by PRAVEEN PUMA

SUMNIMA Film by PRAVEEN PUMA

SUMNIMA-PARUHONG by PRAVEEN PUMA

SUMNIMA-PARUHONG by PRAVEEN PUMA

SUMNIMA FILM BY PRAVEEN PUMA

SUMNIMA FILM BY PRAVEEN PUMA
A FEATURE FILM

HONGCHHA (Anthology of Drama)

HONGCHHA (Anthology of Drama)

SAYA (Mundum Drama)

SAYA (Mundum Drama)
By PRAVEEN PUMA

HENKHAMA-NINAMMA MYTH By: PRAVEEN PUMA

HENKHAMA-NINAMMA  MYTH  By: PRAVEEN PUMA
By PRAVEEN PUMA

HETCHHAKUPPA Drama BY By; PRAVEEN PUMA

HETCHHAKUPPA Drama BY By; PRAVEEN PUMA
By; PRAVEEN PUMA

NINAMMA Drama By; PRAVEEN PUMA

NINAMMA Drama By; PRAVEEN PUMA
By; PRAVEEN PUMA

SUMNIMA Drama By; PRAVEEN PUMA

SUMNIMA Drama By; PRAVEEN PUMA
By; PRAVEEN PUMA

MY LOVING FAMILY

MY LOVING FAMILY
Photo By SHIVA / SHOVA RAI

SUMNIMA-PARUHONG BY PRAVEEN PUMA

SUMNIMA-PARUHONG BY PRAVEEN PUMA

PUMA SAKENWA

PUMA SAKENWA

A MYTHICAL PLACE;DAGMILUNG

A MYTHICAL PLACE;DAGMILUNG

LOVING FAMILY

LOVING FAMILY

SUMNIMA Film By PRAVEEN PUMA

SUMNIMA  Film  By PRAVEEN PUMA

My Blog List

  • हेन्खामा डट् ब्लगस्पोट डट् कम : सबैको साझा डबली
    नेपालमा राजनीतिक सर्वोच्चता र सामाजिकीकरणको अवस्था
    6 years ago
  • KIRATOLOGY
    MEDIAEVAL STUDIES... BY PRAVEEN PUMA
    17 years ago
  • KIRATISM
    TYPES OF PUMA MARRIGES
    17 years ago

SUMNIMA-PARUHONG by PUMA

SUMNIMA-PARUHONG by PUMA

SUMNIMA FILM BY PRAVEEN PUMA

SUMNIMA FILM  BY PRAVEEN PUMA
A FEATURE FILM

KIRAT ROYAL PALECE BIDDIKARNA

KIRAT ROYAL PALECE BIDDIKARNA
PHOTO BY DEURALEE CHAMLING

NATAK PADHEPACHHI... By: DR.BISHNU RAI

प्रवीण पुमा र उनका नाट्यकारिता

–पुरन राई

१. चिनारीबृतः

प्रवीण पुमा(२०३५) खोटाङको किराती हुन् । एस.एल.सी.(२०५३) पछि उच्चशिक्षाको लागि धरान(२०५४) हुदै काठमाडौं(२०५६) पसे । उनले जन्मभूमिबाट कर्मभूमिमा आउँदा किराती संस्कृति र जीवन दर्शन पनि ल्याए । आजसम्म पनि उनको लेखन तिनै किराती भाषा, साहित्य, कला संस्कृति नै रहेको छ । “प्रवीण पुमाले क्षेत्रीय, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरका नाटक महोत्सवहरुमा अभिनय मात्रै गरेका छैनन् । उसरी नै निर्देशनको कार्यभारसमेत सम्मालिरहेका छन् । नाटक लेखन र निर्देशनमा डिप्लोमा गरेका पुमा नाट्य क्षेत्रमा प्रतिभाशाली नाट्यकर्मी हुन् ।” (परदेश, अंक २, वर्ष २ː २०६२, पृ.२२–२३)। पुमा अंग्रेजी साहित्यमा स्नातोकोत्तर(त्रि.वि.) हुन् । त्यसैले उनी सुशिक्षित, बौद्विक स्रष्टा, द्रष्टा, र नाट्यकर्मी हुन् । उनको वहुबिधामा दख्खल रहेको छ । उनका वहुआयामिक व्यक्तित्ववृतको लघुतम चित्रणमा गरिएको छ ।

१.१. लेखक÷साहित्यकार व्यक्तित्वः

साहित्यकार प्रवीण पुमाको पाँच नाट्यकृतिहरु ‘सुम्निमा’ (नाटकसङ्ग्रह–ई.१९९६), ‘सुम्निमा–पारुहोङ’ (नाटकसङ्ग्रह–ई.२००७), ‘हेत्छाकुप्पा’ (नाट्यकृति–ई.२००९), ‘निनाम्मा’ (नाटकसङ्ग्रह–ई.२०१०), र ‘साया’ (नाटकसङ्ग्रह–ई.२०१२), ‘हेन्खामा–निनाम्मा’ (किराती मुन्दुमी मिथकसङ्ग्रह–इ.१९९६) ‘सुम्निमा’ (चलचित्र–ई.२००७) ‘किरात पुमा राई शब्दकोष’ (शद्वसंकलन, इ.१९९९), ‘किरात मुन्दुमः दोङवाङ–दोडापादा’ (संस्कृति, पुस्तिका इ.२००४) गरी ९ वटा कृतिहरु प्रकाशित छन् । यसै गरी उनका फुटकर कथा, कविता, मुक्तक, गीतहरु बिभिन्न पत्रपत्रिका प्रकाशित छन् । त्यसैले उनी लेखक तथा साहित्यकार व्यक्तित्व हुन् ।

१.२. कलाकार व्यक्तित्वः

प्रवीण पुमा नाटककारको रुपमा मात्र नभएर सफल अभिनेताको रुपमा पनि परिचित छन् । पुमाले ‘सुम्निमा’ (ई.१९८८), ‘सुम्निमा–पारुहोङ’ (ई.१९९२) ‘होङछा’ (ई.१९९३), ‘निनाम्मा’ (ई.१९९४), ‘हेत्छाकुप्पा’ (ई.१९९७), ‘मेरीहाङमा’ (ई.१९९९), ‘अ डल्स हाउस’ (ई.२००१) ‘इडिपस रेक्स’ (ई.२००२), ‘उ मरेकी छैन’ (राष्ट्रिय नाटक महोत्सव–ई.२००२), ‘मलामी’ (मध्यमाञ्चल नाटक प्रतियोगिता–ई.२००२),‘एउटा घरको कथा होइन’ (पूर्वाञ्चल नाटक प्रतियोगिता–ई.२००३), ‘यू एण्ड मी’ (ई.२००३) ‘बुद्ध हराएको सुचना’ (ई.२००३), ‘समय अवसान’ (ई.२००३), ‘मृत्यु सम्पादन’ (ई.२००३), ‘चेतनाका स्वरहरु’ (धारावाहिक रेडियो नाटक–ई.२००४), ‘निर्वासित मनहरु’ (त्रिदेशीय नाटक महोत्सव–ई.२००४), ‘अभिसप्त आँखाहरु’ (राष्ट्रिय नाटक महोत्सव–ई.२००५),‘मेरो गाउँ’ (राष्ट्रिय नाटक महोत्सव–ई.२००५), ‘राडदर टु द सी’ (ई.२००६) ‘यलम्वर’ (पश्चिमाञ्चल नाटक प्रतियोगिता÷राष्ट्रिय नाटक महोत्सव–ई.२००६), ‘साया’ (ई.२००७), ‘आस्थाः मुन्दुमको’ (ई.२००८), ‘नयाँ बाटो, नयाँ पाईला’ (धारावाहिक रेडियो नाटक–ई.२००९) ‘हारुनको मुरली’ (ई.२०१०), ‘दाम्ला’ (ई.२०११), ‘रिव्रिहाङमा–Éाल्पाहाङ’ (ई.२०१२) आदि नाटकहरुमा सशक्त अभिनय गरेका छन् । यसैगरी उनले ‘सुम्निमा’ (ई.२००७) चलचित्रमा पनि नायकको भूमिका निभाएका छन् । त्यसैले पुमा एक अभिनेता कलाकार हुन् ।

१.३. निर्देशक व्यक्तित्वः

प्रवीण पुमा वाङमय प्रतिभाका धनि व्यक्ति हुन् । उनको प्रगतिपथ सम्मानित छ । पुमाले नाटक लेखनदेखि चलचित्र लेखनसम्म, नाटक अभिनयदेखि चलचित्र नायकसम्म र नाटक तथा चलचित्रको निर्देशनसम्म गरेका छन् । उनीद्वारा निर्देशित नाटकहरु ‘सुम्निमा–पारुहोङ’ (ई.१९९२),‘सुम्निमा’ (ई.१९९३), ‘होङछा’ (ई.१९९३), ‘निनाम्मा’ (ई.१९९४), ‘हेत्छाकुप्पा’ (ई.१९९७), ‘मेरीहाङमा’ (ई.१९९९), ‘अ डल्स हाउस’ (ई.२००१) ‘इडिपस रेक्स’ (ई.२००२), ‘एउटा घरको कथा होइन’ (पूर्वाञ्चल नाटक प्रतियोगिता–ई.२००३), ‘ईतिहासभित्रको इतिहास’ (ई.२००३), ‘राडदर टु द सी’ (ई.२००६) ‘यलम्वर’ (पश्चिमाञ्चल नाटक प्रतियोगिता÷राष्ट्रिय नाटक महोत्सव–ई.२००६), ‘साया’ (ई.२००७), ‘आस्थाः मुन्दुमको’ (ई.२००८), ‘हारुनको मुरली’ (ई.२०१०), ‘दाम्ला’ (ई.२०११),‘रिव्रिमा–Éाल्पा’ (ई.२०१२), आदि हुन् । यसले गर्दा उनी एक निर्देशक व्यक्तित्व पनि हुन् ।

१.४. सम्पादक व्यक्तित्वः

प्रवीण पुमाले सुम्निमा (साप्ताहिक, ई.२००३), पुमा (मासिक, ई.२००३), सिलौटी टाइम (मासिक, ई.२००५) यायोक्खा (स्मारिका, ई.२००९), खम्बुवान पत्र (मासिक, ई.२०१० देखि हालसम्म) जस्ता पत्रिकाहरुको सम्पादन गरेका छन् । यसले उनी भित्रको सम्पादक व्यक्तित्व झल्कन्छ ।

१.५. सांगठानिक व्यक्तित्वः

प्रवीण पुमा सुम्निमा थिएटर एकेडेमीका संस्थापक अध्यक्ष (ई.१९९२), सयपत्री युवा समितिका संस्थापक सचिव (ई.१९९६), किरात पुमा राई तुप्खावाङखालाका, संस्थापक संयोजक तथा सचिव, (ई.२००३), किरात राई चलचित्रकर्मी सङ्घका संस्थापक अध्यक्ष (ई.२००७), त्रिभुवन युनिर्भसिटी थिएटर एकेडेमीका संस्थापक संयोजक तथा महासचिव, (ई.२००७), किरात राई यायोक्खा के. का.स. सदस्य (ई.२००७), आदिबासी जनजाति चलचित्र महासंघका केन्द्रीय कोषाध्यक्ष (ई.२०१२) पनि हुन् । यी उनका संस्थागत संलग्नताले उनको संस्थापक र संगठानिक व्यक्तित्वको पहिचान गर्दछ ।

१.६. वहुआयामिक व्यक्तित्वः

प्रवीण पुमाले बिभिन्न सङ्घ, संस्था, बिद्यालयमा नाटक प्रशिक्षक भइ कार्य गर्नुका साथै किराती साहित्यको क्षेत्रमा खोज अनुसन्धान पनि गरेका छन् । उनले सुम्निमा थिएटर एकेडेमी (ई.२००० देखि हालसम्म) एभरेष्ट कल्चर एण्ड मिडिया एकेडेमी(ई.२००६–२००८), युनाइटेड स्कूल(ई.२००८–२०१०)मा नाटक प्रशिक्षण गरेका छन् । त्यस्तै, पुमाले नेपाल प्रज्ञा प्रतिष्ठानबाट किराती मुन्दुमी लोककथाको अध्ययन अनुसन्धान (ई.२०१०) गरेका छन् भने अष्ट्रियाको युनिर्भसिटी अफ भियनाबाट किराती मुन्दुम सम्बन्धि अनुसन्धान (ई.२०११ देखि हालसम्म) गरिरहेका छन् । त्यसैले प्रवीण पुमा वहुआयामिक प्रतिभा÷व्यक्तित्व हुन् ।

१.७. पुरस्कृत÷सम्मानित व्यक्तित्वः

उत्कृष्ट नाट्यकर्मीका रुपमा परिचित प्रवीण पुमा बिभिन्न सङ्घ संस्थाबाट पुरस्कृत तथा सम्मानित भएका छन् । उनीले सुम्निमा थिएटर एकेडेमीबाट सर्वोकृष्ट अभिनेता (ई.१९९८) र सर्वोकृष्ट निर्देशक (ई.१९९९), नेपाल सरकार, साँस्कृतिक संस्थानबाट ‘उत्कृट नाट्य प्रस्तुति पुरस्कार’ (पूर्वाञ्चल नाटक प्रतियोगिता–ई.२००३), किरात राई बिद्यार्थी सङ्घ, केन्द्रीय कार्यसमितिबाट ‘उत्कृट नवप्रतिभा सम्मान’ (ई.२००३), नेपाल सरकार, नेपाल प्रज्ञा–प्रतिष्ठानबाट ‘उत्कृट नाट्य प्रस्तुति पुरस्कार’ (राष्ट्रिय नाटक महोत्सव–ई.२००६) आदि पुरस्कार तथा सम्मान प्राप्त गरेका छन् ।

१.८. छापामा प्रवीण पुमाः

उत्कृष्ट नाट्य अभिनय प्रतिभाको रुपमा बिभिन्न सङ्घ संस्थाबाट पुरस्कृत प्रवीण पुमा छापामा पनि उति नै चर्चित छन् । अखवारमा पुमाको अभिनय कर्म नै मुख्य रहेको छ, जुन तल प्रस्तुत गरिएको छ ।

ग्रीसको इडिप्स अंग्रेजीमा, (स्पेस टाइम, ९ सोमबार, चैत्र, २०५८, पृ. १०), तन्नेरीको जोश, (नेपाल समाचारपत्र, २९ चैत्र. २०५८, पृ.१०), इडिपस मञ्चित (गोर्खा सैनिक आवाज, अंक १, वर्ष ११ː २०५९, पृ. ४७), रङ्गमञ्चिय गतिविधि... (गोरखापत्र, १४ चैत्र, २०५९ पृ.८), गुनासो गर्दैमा बित्यो रङ्गमञ्च दिवस (राजधानी, १४ चैत, २०५९ पृ.८), घरको कथादेखि शान्तिको... (पूर्वत, २४ चैत्र २०५९, पृ.१०), निदाएको रङ्गमञ्चलाई बिउँझाउने अभियान (पूर्वत, ७ असार, २०६० पृ.८), पूर्वाञ्चल नाटक प्रतियोगिता... (हिमाल, अंक १, वर्ष १३ː २०६०, पृ. ७७), धेरै घरको कथा (स्पेस टाइम, १४ बैशाख २०६०,पृ...), एउटा घरको कथा हैन मञ्चीत (पूर्वत, २४ वैशाख, २०६० पृ.१८), नाटकमा चहलपहल (साप्ताहिक, बैशाख २६, २०६०, पृ.२२), हत्या हिंसामा...(पूर्वत, ३० कार्तिक, २०६०, पृ.१२), प्रत्येक महिना एउटा नाटक (कान्तिपुर, ५ पुस, २०६०, पृ.च), पुमाको रङ्ग प्रयोग (नेपाल, १४ फागुन, २०६२, रङ्गीन समय सादा रोजाई (नवसिर्जना, अंक १, वर्ष १, २०६२, पृ. ६४), पृ. ५६), अभिनय यात्रामा खोटाङ (परदेश, अंक २, वर्ष २ː २०६२, पृ.२३), इल कतबनभस् ँष्लब िब्अत ९त्जभ ज्ष्mबबिथबल त्ष्mभक।ज्ञतज व्गथि, द्दण्ण्ट, एन।ड), रङ्गमञ्चमा नवीन उपयोग (युवा मञ्च, चैत्र २०६२, पृ.५०), सधैँ एक्लै–एक्लै (साकेला, अंक १, वर्ष १ː २०६४, पृ. ४७), किरात पुमा रोदुङचि नाटक कलादो (बुङवाफोप, अंक ७, वर्ष ४ː २०६८, पृ.२४) आदि आदि पुमाको छापामा सञ्चार भएका झलकहरु हुन् । साथै, नेपाल प्रज्ञा–प्रतिष्ठानबाट किराती साहित्यको सर्वेक्षण अध्ययनमा उनका नाटकको अध्ययन भएका छन् (राई, चाम्लिङ, २०६८÷६९ː६०) ।

२. प्रवीण पुमाको नाट्यकारिताः

२.१. साहित्य तथा अभिनयमा आगमनः

प्रवीण पुमाको अभिनय यात्रा १० वर्षको उमेरमा बाल कलाकारबाट प्रारम्भ भएको हो । उनले ‘सुम्निमा’ नाटकमा पहिलो पटक अभिनय (वि.स. २०४५) गरेका थिए (नेपाल, आइतवार १४, फागुन २०६२, वर्ष ६, अंक २९, पृ.५६)। यस नाटकमा सुम्निमाको कान्छा छोरा ‘होङ्छा’को भूमिका निर्वाह गरेका थिए । यो नाटक लक्ष्मी पुजाको बेलुका मञ्चन भएको थियो । यसरी अभिनय क्षेत्रमा प्रवेश गरेका प्रवीण पुमा ३ दर्जन नाटकमा तथा २ वटा फिल्म (वीर गणेशमान– ई.२००१ र सुम्निमा– ई.२००७)मा अभिनय गरेका छन् । प्रवीण पुमा एक अभिनय प्रशिक्षत अभिनेता हुन् । पुमाले परिवर्तन नेपाल (ई.२०००), नेपाल आर्ट एण्ड कलिउड कला केन्द्र (ई.२०००) पुमाले र सांस्कृतिक संस्थान, नेपाल सरकार (ई.२००१) जस्ता संस्थाहरुबाट औपचारिक रुपमा अभिनयकला सिकेका छन् । उनले खोटाङ, धरान, पोखरा, काठमाडौंलगायत नेपालको बिभिन्न ठाउँहरुमा आफ्नो अभिनय कला प्रदर्शन गरेका छन् ।

प्रवीण पुमाले ‘सुम्निमा–पारुहोङ’ (ई.१९९२) नाटक लेखन, निर्देशन, अभिनय र मञ्चन गरेका थिए । पुमाले सुम्निमा–पारुहोङबाटै नेपाली साहित्यमा प्रवेश गरेका हुन् । उनका प्रथम नाट्यकृति ‘सुम्निमा’ (नाटकसंग्रह–(ई.१९९६) प्रकाशित भयो । उनका अहिलेसम्ममा ५ वटा नाट्यकृतिहरु प्रकाशित छन् । नाटकका अतिरिक्त उनका कथा, कविता, मुक्तक र गीतहरु पनि फुटकर रुपमा बिभिन्न पत्रपत्रिकाहरुमा प्रकाशित छन् । यसरी हेर्दा उनको साहित्य र अभिनय यात्रा दुई दशकको देखिन्छ ।

२.२. पुमाको साहित्ययात्राः

प्रवीण पुमाले ई.१९९२ देखि नाटक लेखन प्रारम्भ गरी ई.१९९६ मा नाटकसङ्ग्रह नै प्रकाशनमा ल्याए । उनका साहित्य यात्रालाई मुख्य गरेर ३ चरणबाट नियाल्न सकिन्छ ।

२.२.१. पहिलो चरणः

प्रवीण पुमाले ई.१९९२ मा ‘सुम्निमा–पारुहोङ’ नाटक लेखन तथा निर्देशन गरी मञ्चन गरेका थिए । यसपछि उनले Éहकर्मीहरुसँग मिलेर ‘सुम्निमा थिएटर एकेडेमी’ (ई.१९९२) नामक संस्था स्थापना गरेर नाटक मञ्चन गनŠ थाले, भित्ते पत्रिका निकाल्न थाले । यस पत्रिकामा उनले कथा, कविता, मुक्तक र गीतहरु प्रकाशन गरे । यसरी उनको साहित्य यात्रा ई.१९९२ देखि ठोस रुपमा आरम्भ हुन्छ । यो उनको प्रारम्भिक चरण हो । उनको प्रथम चरणलाई ‘सुम्निमा’ नाटकसङ्ग्रहरु (ई.१९९६) प्रकाशन पूर्वसम्मलाई मान्न सकिन्छ । यस चरणमा ‘सुम्निमा’ र ‘मिन्मा’ नाटक तथा फुटकर कथा, कविता, मुक्तक र गीतहरु लेखनका साथै ‘सुम्निमा’, ‘सुम्निमा–पारुहोङ’, ‘निनाम्मा’, लगायतका नाटकहरुमा अभिनय गरेका देखिन्छ । यस चरणमा उनको हस्तलिखित साहित्य मात्र छन् । त्यसैले यो चरण उनको अभ्यासिक तथा साहित्यप्रतिभाको अंकुरानको चरण हो ।

२.२.२. दोस्रो चरणः

‘सुम्निमा’ नाटकसङ्ग्रहरु (ई.१९९६) मा सुम्निमा, मिन्मा, आस्थाको घर र आस्था मुन्दुमको गरी चारबटा नाटकहरु छनध्र । यी नाट्यसङ्ग्रह प्रकाशन पूर्वसम्मको अवधिलाई दोस्रो चरणको रुपमा हेर्नु पर्ने हुन्छ । यस चरणमा उनका सुम्निमा (ई.१९९६), सुम्निमा–पारुहोङ (ई.२००८), हेप्छाकुप्पा (ई.२००९) नाटकसङ्ग्रहहरु र सुम्निमा (ई.२००७) चलचित्र लेखन प्रकाशन गरेका छन् । यी नाट्यसङ्ग्रहमा क्रमश ४+३+१ गरी ८ वटा नाटकहरु प्रकाशित छन् । यस चरण पुमाका अभ्यासकाल पछिको उपलब्धिको चरण हो, ‘नाटककार प्रवीण पुमा’ भनेर पहिचान भएको अवधि हो । यस चरणमा उनले नाटक लेखन तथा अभिनयबाट चलचित्र लेखन र अभिनय गर्न सफल भएका छन् । उनका यी नाटक तथा चलचित्र किराती जीवन र मुन्दुममा आधारित छन् । यस चरणको प्रवेशको एक वर्षपश्चात उनले गम्भीर खोज अध्ययनको साथ किराती मुन्दुमी मिथकसङ्ग्रह हेनखाम्मा–निनाम्मा(ई.१९९७) प्रकाशन गरेका छन् । किराती जीवन, संस्कृति, मुन्दुमको अध्ययनले यस चरणको उनका नाट्यकृतिहरु ससक्त छन् । ती नाटकहरुमा ब्रमाण्ड, धर्ती उत्पति, किराती उत्पति, सभ्यता प्रारम्भको मुन्दमी तथा मिथकीय यथोचित चित्रण गरिएको छ । तर्Éथ, आदिम किराती इतिहासको अध्ययन गर्नसमेत उनका नाटकहरु सहयोगी छन् । यस चरणमा पुमाले नाटकलाई आफ्नो लेखनको केन्द्र बिन्दु बनाएका छन् ।

२.२.३. तेस्रो चरणः

प्रवीण पुमाले किराती मुन्दुम र जीवन संस्कृतिलाई मूल बिषयवस्तु बनाएर पुमा भाषामा पनि नाटक सिर्जना गरेका छन् । त्यसैले यस चरणलाई निर्धारण गरिएको मूल आधार भाषा हुन् । यस्ता नाटकहरु पुमा भाषामै हुनु किराती साहित्यको लागि ऐतिहासिक उपलब्धी पनि हो । पुमाका निनाम्मा (ई.२०१०) र साया (ई.२०१२) दुई नामक सङ्ग्रहहरु किराती पुमा भाषामा लेखिएका कृतिहरु हुन् । यी नाट्यकफ्तिहरु किराती पुमा भाषामा लेखिएका पहिलो नाटकसंग्रहरु हुन् । त्यसैले ई.२०१० देखि उनको नाट्ययात्रामा नवीन प्रवृत्ति प्रारम्भ भएकोले तेस्रो चरण निर्धारण गरेर अध्ययन गर्न उपयुक्त हुने देखिन्छ । यस चरण प्रारम्भपछि यी दुई नाट्यकफ्तिहरुमा क्रमशः ३ र ३ गरी ६ वटा नाटकहरु प्रकाशित छन् ।

यसरी प्रवीण पुमाको दुई दशक लामो नाटक लेखनको यात्रामा तीन चरण देखिन्छन् । उनका यी तीन चरणमा पाँच नाट्यकृतिहरु ‘सुम्निमा’ (नाटकसङ्ग्रह–ई.१९९६), ‘सुम्निमा–पारुहोङ’ (नाटकसङ्ग्रह–ई.२००७), ‘हेत्छाकुप्पा’ (नाट्यकृति–ई.२००९), ‘निनाम्मा’ (नाटकसङ्ग्रह–ई.२०१०), र ‘साया’ (नाटकसङ्ग्रह–ई.२०१२), प्रकाशित प्रकाशित भएका छन् ।

२.३. प्रवीण पुमाको नाट्य बिषयवस्तुः

¬¬प्रवीण पुमाका ‘सुम्निमा’ (ई.१९९६), ‘सुम्निमा–पारुहोङ’ (ई.२००८), ‘हेत्छाकुप्पा’ (ई.२००९), ‘निनाम्मा’ (ई.२०१०) र साया’ (ई.२०१२) गरी पाँच नाट्यकृतिहरुमा क्रमश (४+३+१+३+३) गरी जम्मा १४ वटा नाटकहरु प्रकाशित भएका छन् । यी नाटकहरुमा प्रस्तुत गरिएका बिषय वस्तुहरु दुई क्षेत्रबाट लिएका छन् । उनका नाटकमा उठान भएका बिषयवस्तुहरु किराती मिथक संसारका र आधुनिक जीवनजगतका छन् ।

आधुनिक जीवनका बिभिन्न घटना, सन्दर्भ, संस्कृति तथा प्रेम जीवनका तरङगलाई पस्किएका पुमाका नाटकहरु ‘निनाम्मा’ र ‘आस्थाको घर’ हुन् । तर बाँकी ‘सुम्निमा–पारुहोङ’, ‘सुम्निमा’, ‘हेप्छाकुप्पा’, ‘आस्था मुन्दुमको’ र ‘साया’ मुन्दुममा आधारित नाटकहरु हुन् । यी १२ वटै नाटकहरु किराती पुमा र नेपाली खÉ भाषामा लेखिएका छन् । यी कृतिहरु किराती मुन्दुम र मिथकमा आधारित मूल नाटकहरु छन् । तर सुम्निमा नाटकलाई चाहिँ फरक कृतिमा केही परिमार्जनसहित ‘सुम्निमा–पारुहोङ’ (ई.२००८) नाटकसंग्रहमा पुनः प्रकाशन गरेका छन् ।

प्रवीण पुमाका यी नाटकहरु केवल मुन्दुम उजागर गर्न मात्र प्रस्तुत गरिएका होइनन् । बरु नयाँ जीवन र संस्कृतिको खोजी गरिएका हुन् । यो उनका नाटकको माग हो, नेपाली रङ्गमञ्चमा एउटा प्रयोग हो, नयाँ क्षेत्रको खोजी होे, नयाँ विषयको प्रवेश हो । उनका कृतिहरुमा किराती जीवन संस्कृति र मुन्दुम छताछुल्ल भेटिन्छन् । यसैले किराती साहित्यमा उनको योगदान महत्वपूर्ण रहेको छ । यति भन्दैमा पुमाका नाटकहरुमाथि लेखकीय न्याय हुँदैन । उनका नाटकभित्र गहिरिएर छिर्नको लागि मुन्दुम दृष्टिकोण र किरातीवाद चाहिन्छ ।

पुमाको नाटकमा मुख्य गरेर किरातीवाद र मुन्दुम छ । यी दुबै एउटै होइनन्, परिपुरक हुनध्र । भिन्दा–भिन्दै होइनन्, सापेक्षित हुन् । यी दुइ मध्ये किरातीवादको सैद्वान्तिक मानक आधारहरु स्थापित गर्न सकिन्छ । तर मुन्दुमको केही हदमा व्याख्या मात्र गर्न सकिन्छ । मुन्दमलाई अध्ययन गर्ने अर्को ज्ञानको भण्डार सधै नै अपूर्ण छ । मुन्दुमको पूर्ण अध्ययन गर्नु भनेको ज्ञान विवेकबाट पूर्ण हुनु हो । तर, कुनै पनि मानव मस्तिक ज्ञानले पूर्ण हुँदैन । त्यो ज्ञानको लागि हरेक व्यक्तिले अहिलेसम्म कल्पनामात्र गर्ने हो । बाँकी ज्ञानको लागि उसको आयुले नै भ्याउँदैन । तसर्थ, मुन्दुम ज्ञान भण्डारको सहयोगले किरातीवादको अध्ययन गर्न सकिन्छ । तर मुन्दमलाई कुनै ज्ञान, विचार, सिद्वान्त, वादले पूर्ण अध्ययन विश्लेषण गर्न सम्भव छैन । किरातीवाद किरातीहरुले भौतिक तथा अध्यात्मिक संसारलाई ग्रहण गर्ने, विश्वास गर्ने, व्याख्या गर्ने, अपनाउने, माध्यम हो । तर मुन्दुमले विश्व ब्रम्हाण्ड उत्पत्ति पूर्व, उत्पत्ति, नियामन, निरन्तरता, रुपान्तरण, मृत्यु (एकको अन्त्यपछि अर्को आरम्भ) आदिको पूर्ण कल्पना गरेको छ । हामीले मान्दै आएको वाद पूर्वाग्रहको दृष्टिकोण हो । यो सबै ठाउँमा लागु नभई सिमाभित्र रहन्छ । तर, मुन्दुम ती सिमाहरुको स्रोत हो । त्यसैले मुन्दुमीवाद, मुन्दुमी दर्शन हुँदैन । मुन्दुम जाति विशेष वा भौतिक जगत विशेष वा आध्यात्मिक जगत विशेष नभएर सर्वव्यापी हुन्छ । मुन्दुम आफैमा वाद हो । मुन्दुमवाद भन्नु, वादको पनि वाद भन्नु हो । मुन्दुमी दर्शन भन्नु, दर्शनको पनि दर्शन भन्नु हो । मुन्दुम प्राकृतिक हो । मुन्दुम कस्ले बनायो भन्नु ? समय कस्ले बनायो ? भन्नु हो । त्यसैले प्रकृतिभन्दा पर नरहेको मान्छेले प्रकृतिमाथि नियामन गर्न सक्दैन । त्यसैले विश्वमा अविदित रहेको मुन्दुममाथि बहस हुनु जरुरी छ ।

प्रवीण पुमाको नाटकमा मुन्दुम तथा किराती मिथकीय जीवनलाई वर्तमानकालीन दिन चर्याबाट हेरिएको छ । मिथकीय रुपलाई त्यही रुपमा मञ्चन गर्न आदिम भूगोल तथा समाजको प्रयोग गरिएको छ । मिथकीय जीवनकालमा किरातीहरुको कस्तो ? र कसरी बोल्थे ? त्यही भाषाहरुको यथार्थ इतिहासको अभावको कारण कल्पना शक्तिको माध्यमले चरित्रविचको परिवेश सुहाउँदा सम्वादहरु गराइएका छन् । मिथकलाई मिथककै मर्म अनुसार प्रस्तुत गर्न खोजिएकोले मिथकको यथार्थ रुप चित्रण गर्ने अन्य मिथकहरु प्रयोग गरिएको छ ।

प्रवीण पुमाका यी किराती नाटकहरु पूर्वीय र पाश्चात्य नाट्य सिद्वान्तमा आधारित नाटकहरु होइन । उनले नाटकलाई मुन्दुम दृष्टिकोणबाट लेखेका छन् । अतः उनको नाटकहरुलाई गहन अध्ययन गर्नको लागि मुन्दुम दृष्टिकोण चाहिन्छ । मुन्दुम दृष्टिकोणबाट हेर्दा उनका नाटकहरु अझ ससक्त देखिन्छन् । त्यसैले उनको नाटकहरुको महत्व नेपाली साहित्यमा मात्र नभएर विश्वसाहित्यको लागि पनि महत्वपूर्ण छ ।

२.४. नेपाली साहित्यको परम्परा, सबाल्टन र प्रवीण पुमा ː

नेपाली साहित्यको इतिहास भारोपेली भाषा परिवार अन्तर्गत रहेको खस भाषामा लेखिएको साहित्यसंग सम्बन्धित छ । यसै भाषालाई राष्ट्रिय तथा कामकाजी र शिक्षणको माध्यमको भाषाको रुपमा नेपालमा मान्यता प्रदान गरिएपछि एकाधिकारकै रुपमा यस भाषाले सर्बोच्चता जमायो । नेपाल वहुजाति वहुभाषी मुलुक भए पनि उद्वार भाषा नीतिको अभाव, सङ्कुचित शासन पद्वतिले गर्दा बिभिन्न मातृभाषामा साहित्य सिर्जना गर्न निरुत्साहित गरियो । मातृभाषामा लेखिएको साहित्यलाई पनि मूलधारमा समाहित गरी संरक्षक गर्ने प्रयास गरिएको छैन । खस नेपाली राष्ट्रिय भाषाका साथै मातृ राष्ट्र भाषामा लेखिएको साहित्यलाई छोडेर खस नेपाली साहित्यलाई मात्र नेपाली साहित्य मानेर नेपाली साहित्यको इतिहास लेख्नु नेपाली साहित्यमाथि घोर अन्याय हो । नेपाली राष्ट्रिय भाषीसाहित्य र बिभिन्न मातृ राष्ट्र भाषी साहित्यको समग्रता नै नेपाली साहित्य हो ।

कुनै पनि देशको इतिहास, साहित्य, भाषा, कला, संस्कृति आदि त्यो देशवासीको साझा सम्पति हो । तिनीहरु सत्य, तथ्य सबैको लागि सर्बमान्य हुनुपर्छ । इतिहास अतीतको प्रतिनिधित्व र भविश्यतिर मोडिने निश्चयको पूर्ण क्षितिज पनि हो । जहाबाट भूत र भविश्यलाई परिपुरक बर्तमानबाट नियाल्न सकिन्छ । त्यो साझा इतिहास हो । त्यसैले इतिहास हेर्दा खोजेको सबैको तस्वीरहरु छर्लङ् देखिनु पर्छ ।

वहुजाति भएपछि वहुभाषा, बहसंस्कृति अवस्य हुन्छ । त्यसैले वहु साहित्य संङ्गीत, कला पनि हुन्छ । यसकारण नेपाली साहित्यको फाट उर्वर र फराकिलो छ । नेपाली साहित्यमा धनि छौ । तर, धनी भए पनि गरिब हुन् चाहन्छौ । धनी हुन् चाहयौ भने नै हाम्रो साहित्यको इतिहास साझा र फराकिलो हुन्छ ।

विविधता आफैमा सुन्दर संसार हो । यहि विविधिताभित्र गरिने बिभेदता सबैभन्दा खतरनाक खराब र सुन्दरताको बन्धक हो । वहुजाति, वहुभाषी, वहुसंस्कृति, वहुसाहित्य, जस्ता विविधताले सुन्दर सजिएको नेपाललाई बिभेदताले कुरुप बनाएको छ । शोषित जातिका भाषा संस्कृति साहित्यलाई अनागरिकको सम्पदा ठानिएको छ । एकाधिकारवादी एकल नीति तथा मनोबिज्ञान, सङ्कुचनकारी व्यवस्था र मानवकै कारण विविधतालाई बिभेदतामा सिमित गरिएको छ । अल्पसङ्ख्यक इलेटबर्गले वहुसङ्ख्यक सवाल्टर्न वर्गमाथि शासन र शोषण दुबै गरेको छ ।

शासकवर्गले दवाएर राखेको पहिचान र इतिहास भएर पनि हिन बनाएका सवालटर्न वर्ग जो देशकै नागरिक हुन् । उनीहरुको इतिहास हुन्छ । यहि पक्षलाई साबाल्र्टन ले केन्द्रमा राखेर अध्ययन गर्छ । नेपालको एकल भाषिक धार्मीक नीतिले वहु भाषालाई निषेध ग¥यो । कुनै पनि जातिको भाषा मरेपछि साहित्य निस्चयनै मरेर जान्छ । भाषा, संस्कृति, साहित्य समाजको पहिचान र इतिहासका आधारहरु हुन् । सवाल्टर्नले हैकमवादी तथा सामन्ती शासकको लामो समयदेखिको थिचोमिचो र भेदभावबाट उत्पीडित शासित व्यक्ति वा निमुखा वर्गलाई बुझाउछ जो सक्तिसाली भएर पनि शक्तिबिहिन बनाइएका हुन्छन् (श्रेष्ठ २०६८ː१४) । नेपालका सन्दर्भमा जनजाति भनिएका किराती वर्ग सवाल्टर्न हुन् । उनीहरुको इतिहास भए पनि परोक्ष निशेध छ । सभ्रान्त वर्गको इतिहालाई मुल्यवान बनाउन उनीहरुको इतिहासलाई उडाइएको छ (जस्तै सौरभ भन्नेको नभएको किरातकाल लेख) । शाषकीय इतिहास स्तुति पूर्ण हुन्छ तर सवार्टनले यथार्थ र समवेशी इतिहासको माग गर्दछ । नेपाली साहित्यको इतिहास एकल भाषामा अधारित छ । नेपाली साहित्यका इतिहास भनिएको साहित्यको इतिहासमा राष्ट्रभाषी÷मातृभाषी साहित्यको कुनै चोनो चपेटा पाइन्दैन । हो यसरी इतिहास भएर पनि दवाइको छ, जनजातिय साहित्य ।

त्यसङ्घले प्रवीण पुमा हिजो दवाइएका किनाराकृत कुनै नाम हो । आज साहित्यको गृहयुद्वमा लड्दै गरेको बिद्रोही, सफलताको शिखरतिर उक्लदै गरेको बिजयी लडाकु, अन्ततः युद्वको बोटमा सुन्दर वहुरङ्गी फूल फुलाएर भोलि लेखिने इतिहासको पानामा सजाइने सुन्दर एउटा नाम हो । उनका नाट्यकारिताले यही बोल्छ, यही देखाउँछ, यही लेखाउँछ ।

२.५. प्रवीण पुमाको साहित्यमाथिको योगदानः

प्रवीण पुमा किराती जीवन संस्कृति, मिथक तथा मुन्दुमलाई केन्द्रमा राखेर साहित्य सिर्जना गर्ने महत्व पूर्ण व्यक्तित्व हुन् । उनीभन्दा अगाडि पनि किराती जीवन संस्कृति मिथकका प्रयोग भएका छन् । तर पुमाले जस्तो मुन्दुमलाई साहित्य सृजनामा पुरै प्रयोग गरेका थिएन । बरु मुन्दुमलाई आधुनिक परम्पराका साहित्यका ढर्रामा रहेर कतै बिषयबस्तुको रुपमा त, कतै विम्ब प्रतीकको रुपमा प्रयोग भएका छन् । तापनि, त्यसलाई किराती साहित्य लेखनको बिकाश परम्परामा पृष्ठभूमिमा महत्वको साथ हेरिनु पर्दछ ।

प्रवीण पुमाका नाटकहरु किराती जीवन संस्कृति, मिथकमा आधारित खस राष्ट्रिय भाषा तथा किराती राष्ट्र भाषामा छन् । उनका यस्ता नाटध्रयकृतिहरु ई.१९९६ देखि प्रकाशित भएका छन् (पुमा, २०६६ː२) । त्यसैले पुमाका नाटकहरु पुस्तककार कृतिको सन्दर्भमा किराती राई साहित्य परम्पराको प्रारम्भिक चरणका हुन् । किराती राई साहित्यकारहरुले आफ्नै भाषामा साहित्य लेखन गरिएका प्रथम प्रकाशित कृतिहरु हेर्दा किराती चाम्लिङ साहित्यमा टङ्कबहादुर राईको ‘सिम छाम’ (गीतसङ्ग्रह, २०३७), पिछा बुङाचि (कवितासंग्रह, २०३७), किराती वान्तावा साहित्यमा पदम राईको लादिम्मा (कवितासङग्रह २०६५), किराती वाम्बुले साहित्यमा गणेश राईको इक हिर्कटी (निबन्धसङग्रह, २०६६), किराती खालिङ साहित्यमा सेम्योरि (सामूहिक कविता, गीत–गजलसङ्ग्रह २०६८) किराती कुलुङ साहित्यमा श्री पोस कुलुङको सानिवादाः लोम (कवितासङ्ग्रह २०६८), र किराती वाहिङ साहित्यमा इक्के कथा (सामूहिक कथासङ्ग्रह, २०६६) आदि कृतिहरु प्रकाशित छन् ।

प्रवीण पुमाका कृतिहरुको मुख्य केन्द्र किराती साहित्य हो । देशको एकल भाषा नीति तथा नेपाली मातृ भाषा बोल्नेहरु असभ्य हुने मनोविज्ञानले किराती भाषा लोप भई रहेको स्थितिमा प्रवीण पुमाले किराती साहित्यमा दुई दशक समय लागनी गरिसकेका छन्, अहिले पनि निरन्तर लागिरहेका छन् । आज किराती साहित्य सिर्जनामात्र हैन, समालोचना तथा खोज अध्ययनको विषय पनि बनिरहेको छ । यहासम्म ल्याउनमा प्रवीण पुमाको लेखन निरन्तरता र साधनाको महत्वपूर्ण योगदान रहेको छ ।

३. निष्कर्ष ː

प्रवीण पुमाको नाटक लेखनले किराती साहित्यको अतिरिक्त प्राचीनकालीन किराती नाटकको पुनःस्थापनाका बारेमा घोत्लिन बाध्य बनाएको छ । सायद, प्राचीन किरातीहरुले पूर्खाको सम्झना र सम्मानमा पूर्खाकै कथा व्यथाको अभिनय गर्थे होला । मुन्दुमी संस्कृतिले यस्तै सोच्न उन्मुख गराउँछ । अत, पुमाको नाटक लेखनले प्राचीन किरातकालीन नाटकको खोज अध्ययन गर्नमा वास्तवमै ध्यान तानेको छ । फेरि खस भाषामा लेखिएको नेपाली साहित्यले वहुलवादी नेपाली सामाज, संस्कृति र जीवनदर्शनका क्षेत्रमा कहिल्यै प्रवेश गरेन । यसरी मूलधारका साहित्यले सोच्न खोज्न नसकेका क्षेत्रमा प्रवीण पुमाको उपस्थिति ऐतिहास रहेको छ । देवकोटाले ग्रीकको मिथक कथामाकाव्य रचे । पुमाले किराती मिथकमा नाटक सिर्जना गरे । यसरी नै नेपाली साहित्यको बिषय वा भाव क्षेत्र फैलाउने हो । पुमा यस मानेमा पनि साहित्यमा अगाडि छन् । यसरी हेर्दा प्रवीण पुमाले अर्को भाषामा फरक जीवन दर्शन, समाज संस्कृतिको साहित्य दिएर नेपाली साहित्यलाई महत्वपूर्ण गुन लगाएको छ ।

एकल भाषी मूल मर्मका साहित्यलाई यस सङ्कुचनबाट मुक्त गरी वहुबाषिक नेपाली साहित्य बनाउन यहाँ बिभिन्न भाषी प्रवीण पुमाहरु सक्षम छन् । अत, अबको साहित्य अध्ययन र लेखनको क्षेत्र फैलिएको छ । खस राष्ट्रिय भाषी साहित्य खस साहित्य मात्र हो । सम्पूर्ण राष्ट्रभाषी साहित्य र खस भाषी साहित्यको समग्र योगबाट नै नेपाली साहित्य हुने भएकोले प्रवीण पुमाको यस क्रान्तिमा अमूल्य महत्व छ । फेरि, वहुलजाति, वहुलभाषी नेपालीहरुको साहित्यको मूल पहिचान पनि विश्वसाहित्यमा वहुभाषी नेपाली साहित्य नै हो । तसर्थ, नेपाली मूलधारको साहित्य वहुचरित्रको हुनेछ । मूलधारको साहित्य निर्माण गर्ने साहित्यकारहरु जति समानित छन्, मूलधारको साहित्यको चरित्रलाई फैलाउने बिभिन्न भाषी साहित्यकारहरु पनि त्यति नै सम्मानित छन्, प्रवीण पुमा जस्तो ।

सन्दर्भ सामाग्रीः

श्रेष्ठ तारालाल, (२०६८), शक्ति, स्रष्टा र सबाल्टर्न, काठमाडौ ː डिस्कोर्स पब्लिकेसन ।

राई, पुरण, ईतिहास परिमार्जनका सुरमा टीका चाम्लिङका गीतहरु खम्बुवानपत्र, काठमाडौंː खम्बुवान प्रकाशन प्रा.लि, वर्ष २, अंक ५ ।

राई, पुरण र टीका, चाम्लिङ, (२०६९), किराती साहित्यको सर्वेक्षणात्मक अध्ययन, काठमाडौंː नेपाल प्रज्ञा प्रतिष्ठान ।

पुमा, प्रवीण, (इ.१९९६), सुम्निमा, खोटाङ ː सुम्निमा थिएटर एकेडेमी ।

,,,,, (इ.२००८), सुम्निमा–पारुहोङ, खोटाङ ː सुम्निमा थिएटर एकेडेमी ।

,,,,, (इ.२००९), हेत्छाकुप्पा, खोटाङ ː सुम्निमा थिएटर एकेडेमी ।

,,,,, (इ.२०१०), निनाम्मा, खोटाङ ː सुम्निमा थिएटर एकेडेमी ।

,,,,, (इ.२०१२), साया, खोटाङ ː सुम्निमा थिएटर एकेडेमी ।

अन्य पत्रिकाहरु

ग्रीसको इडिपस अंग्रेजीमा, स्पेस टाइम, ९ सोमबार, चैत्र, २०५८, पृ. १० ।

तन्नेरी जोश, नेपाल समाचार पत्र, चैत्र २९, बिहीबार, पृ. १०, २०५८ ।

इडिपस मञ्चित, गोरखा सैनिक आवाज, वर्ष ११, अंक २०५९, पृ.४७ ।

रङ्गमञ्चिय गतिविधि..., गोरखापत्र, १४ चैत्र, २०५९ पृ.८।

गुनासो गर्दैमा बित्यो रङ्गमञ्च दिवस, राजधानी, १४ चैत, २०५९ पृ.८ ।

धेरै घरको कथा, स्पेस टाइम, १४ बैशाख २०६०, पृ...।

एउटा घरको कथा होइन मञ्चित, राजधानी, बुधबार २४, बैशाख २०६०, पृ.१८ ।

नाटकमा चहलपहल (साप्ताहिक, शुक्रबार २६, बैशाख, २०६०, पृ.२२ ।

निदाएको रङ्गमञ्चलाई बिउँझाउने अभियान, राजधानी, ७ असार, २०६० पृ.८ ।

इल क्तबनभस् ँष्लब िबअतू त्जभ ज्ष्mबबिथबल त्ष्mभक, क्बततबचमबथ व्गथि(ज्ञ(द्दण्ण्ट, एबनभ।ड।

पूर्वाञ्चल नाटक प्रतियोगिता..., हिमाल, वर्ष १३, अंक १ ː २०६०, पृ. ७७ ।

हत्या हिंसामा आधारित शान्तिकामी..., गोरखापत्र, ३० कार्तिक, २०६०, पृ. १२ ।

प्रत्येक महिना एउटा नाटक, कान्तिपुर, ५पुस, २०६०, पृ.च ।

अभिनय यात्रामा खोटाङ, परदेश, २०६२, वर्ष २, अंक २, पृ.२३ ।

पुमाको रङ्ग प्रयोग, नेपाल, आइतवार १४, फागुन २०६२, वर्ष ६, अंक २९, पृ.५६ ।

रङ्गीन समय सादा रोजाई, नव सिर्जना , वर्ष १, अंक १, २०६२, पृ. ६४ ।

रङ्गमञ्चमा नवीण प्रयोग, युवामञ्च, वर्ष १८, अंक १०, २०६२ चेत्र पृ. ५० ।

सधैँ एक्लै–एक्लै, साकेला, वर्ष १, अंक १ ː २०६४, पृ. ४७ ।

किरात पुमा रोदुङचि नाटक कलादो, बुङवाफोप, अंक ७, वर्ष ४ː २०६८, पृ.२४ ।

Simple theme. Powered by Blogger.