(हिमालयको पृष्ठभूमिमा
एउटा घर छ । त्यो घरको माथिल्लो भागमा सेतो र तल्लो भागमा रातोमाटोले पोतिएको छ ।
त्यो घरमा सेतो जस्तापाताको घर छ । त्यो घरको सिकुवामा ढोल झुन्डिरहेको हुन्छ ।
घुरेनमा खोङमा छ । आगनमा मकैको थाङ्ग्रा छ । आगनमुनि केराधारी छ । आगन नजिकै
बाँसधारी छ । पेटीमा मोङछामा झोक्रिएर बसिरहेको हुन्छ ।)
रङरीमा ː
(मोङछामाको नजिक आएर विचार गर्दै) आमा, तपाईलाई के भयो ? सञ्चो भएन हो ?
मोङछामा ː
(फर्किएर हेर्दै) केही पनि भा’को छैन । मलाई ठिकै छ ।
रङरीमा ː
(मोङछामाको शरीरको कपडा मिलाई दिदै) आमा ǃ तपाईले मलार्ई ढाँटे पनि तपाईको अनुहारले ढाँटेको छैन । बरु, नढाँटी भन्नुहोस आमा,
तपाईलाई के भयो ? फेरि तपाई त, अस्तीदेखि निदउरो पनि
हुनुहुन्छ ।यसरी मनको कुरा खेलाएर ता बस्नु हुदैन नि, आमा ǃ जति मनमा कुरा खेलायो, त्यति नै पीडा हुन्छ । मनको कुरा त खुलेरै पो भन्नु पर्छ त
। जति मनको कुरा खुलेर भन्यो, त्यति नै आत्माले शान्ति
पाउँछ । मनको पीडा पनि हटेर जान्छ ।
मोङछामा ː
रङरीमा, अब मेरो साथी भने पनि
तिमी नै छौ । छोरी भने पनि तिमी नै छौ । मेरो मनको दुःख सुख विसाउने चौतारी पनि
तिमी नै छौ ।
रङरीमाː
(अचम्म मान्दै) मतलब ǃ
मैले त तपाईको
कुरा बुझिन नि ? कतै अस्ती जस्तो पापाको
कुरा गर्नु भा’को त होइन ?
मोङछामाː
(आँशु पुच्र्दै) हो,
मैले तिम्रै
पापाको कुरा गरेको हुँ ।
रङरीमा ː
(मोङछामाको आँशु पुछिदिदै) आमा, सधै पापाकोमायामा यसरी रुनु त भएन नि ǃ मन बलियो पो, पार्नु पर्छ त ।
मोङछामाː
(आँशु पुच्दै) खै रङरीमा, कति मन बलियो
पार्नु खोज्छु, तर अहँ सक्दिन । हरपल
तिम्रै पापाको सम्झनाले सताईरहन्छ । तिम्रो पापा नहुदा विरहले मन रुन्छ । पीडाले
छाती पोल्छ । हङसले ठाउँ नै छोड्छ । त्यतिखेर जीउनु गाहो हुन्छ ।
रङरीमा ː
आमा, पापा त याङ कमाउनु परदेश
जानु भा’को छ । किन व्यार्थैमा
यति धेरै चिन्ता लिनु हुन्छ ?
मोङछामा ː
भन्नु सजीलो छ, रङरीमा । तर भोग्नु गाहो
छ । आफन्तको मायाले कति सताउँछ भन्ने कुरा तिमी एक्लेलाई के थाहा ?
रङरीमा ː
आमा, मैले त्यसो भन्नु खोजेको
कहाँ हो र ? मैले त, पापाले याङ कमाएपछि त घर आईहाल्नु हुन्छ नि, पो भनेको हुँ त ।
मोङछामा ː
(उठेर हिडँदै) तिम्रो कुरा पनि ठिकै हो । तर के गर्नु ? चिन्ता नगरौ भन्यो, आफै चिन्ता बढेर आउँछ ।
खै, किन हो कोनी, यसपाली त, तिम्रो पापाको मायाले
मलाई पागलै बनायो । धुरुधुरु नै रुवायो । पीराउ नै पीरायो ।फेरि, सपनामा पनि सधै तिम्रो पापा आपत विपतमा परेको मात्रै देख्छु
। कतै तिम्रो पापा नखाई पो छ कि ? कतै नसुती पो छ कि ? कतै बर्षादको झरीमा पो रुझदै छ कि ? कतै बाढीमा पो बग्दै छ कि ? कतै मरुभूमिमा पो
हिड्दै छ कि ? कतै तिम्र्र्र्रो पापा
आपत विपतमा पो प¥यो कि ?(मोङछामा भुईमा थचक्क बस्छ ।)
रङरीमा ː
(मोङछामालाई उठाउँदै) आमा, उठनुहोस । अब, पापाको बारेमा केही पनि चिन्ता नलिनुहोस । पापालाई केही पनि
हुदैन ।
मोङछामा ː
खै रङरीमा, अस्तीदेखि मेरो मुटु पनि
कामीरहेको छ । मन पनि डराईरहेको छ । केही हुनु आँट्¥यो कि, क्या हो । फेरि पापा जानु भएदेखि पापाको सायावापाको सिङ्गुर
पनि ढल्किएको छ । त्यो सायावापा बाँसनु पनि छोडेको छ । सायावापा बाँस्नु छोडयो भने
त दुःख, पीडा पो हुन्छ । अशुभ पो
हुन्छ त ।
ङरीमा ː
आमा, आजको आधुनिक युगमा पनि
यस्तो मुन्दमी कुरामा विश्वास गर्नु हुन्छ र ?
आजको वैज्ञानिक
युगमा त आÇनो परिश्रममा पो विश्वास
गर्नु पर्छ त ।
मोङछामा ː
रङरीमा, मुन्दुमी शक्तिलाई
नचिन्दाखेरी मैले पनि तिमीले जस्तै भन्थे । तर जव मैले मुन्दुममा दैवीशक्ति भा’को थाहा पाएँ, तब मात्र मुन्दुमको महत्व
थाहा पाएँ । मुन्दुम भनेको त किरातीहरुको मार्ग दर्शन हो । पथ प्रर्दशन हो । पथ
प्रर्दशक हो । जीवन जीउने आधार हो । त्यही मुन्दुमको आधारमा नै किरातीहरुको जीवन
चलेको छ । यो मुन्दुमभित्र अथाह जीवन चक्र छ । तर तिमीले त्यो मुन्दुमलाई जानेर
पनि बुझेको छईनौ । हेरेर पनि देखेको छईनौ । भेटेर पनि बोलेको छईनौ । बोलेर पनि बात
मारेको छईनौ । भौतिक शरीरमा राखेर पनि आत्मामा राखेको छईनौ । आत्मामा राखेर पनि
व्यवहारमा लागु गरेको छईनौ ।
रङरीमा ː
तर, आमा, तपाईको कुरा त दार्शनिक छ नि ǃ
मोङछामा ː
हो त । मुन्दुम भनेको नै दर्शन हो । दर्शनले नै मानिसलाई
सामाजिक प्राणी बनाउँछ । व्यवहारीक मानिस बनाउँछ । समाज र राज्यलाई सही बाटोमा
दोड्याउँछ । विभिन्न जातजातिहरुको भाषा–संस्कृतिलाई बचाउनु
सघाउँछ । त्यो भाषाले मानिसलाई जीउनु सघाउँछ । यदि कुनै समूदायको भाषा म¥यो भने, त्यो समूदायको संस्कृति
पनि मर्छ । यदि त्यो समूदायको संस्कृति म¥यो भने, त्यो समूदायको सामाजिक अस्तित्व नै मेटिन्छ । तसर्थ, त्यो समूदायले आÇनो अस्तित्व बचाउनुको फेरि
आÇनो भाषा–संस्कृतिको खोजी गर्नु
थाल्छ । तर त्यतिन्जेलसम्ममा त्यो मानिस भाषा विहीन भइसकेको हुन्छ । संस्कृति
विहीन भइसकेको हुन्छ । त्यतिबेला त्यो समूदायको मानिसहरु किरातीहरु जस्तै आÇनै भूमिमा आफै शरणार्थी हुनु पर्छ । आÇनै घरमा आफै बास माग्नु पर्छ । आÇनै आकाश मुनी आफै नाङगीनु पर्छ । आÇनै थारीवाले आफै लाज छोप्नु पर्छ । त्यतिखेर त्यो समूदायको
मानिसलाई जीउनु धेरै गाहे पर्छ । तसर्थ, आÇनो अस्तित्वको लागि त्यो समूदायको मानिसले बेलैमा होसियार
हुनु पर्छ ।
खाबाहोङː
(नेपथ्यमा) मोङछामा,
मोङछामा । ए
मोङछामा ।
मोङछामा ː
(खुशी भएर आँशु पुछेर उठदै) हजुर ।
खाबाहोङː
(एक ढाक्रेसँग प्रवेश गर्दै) अनि के गर्दै छौ ?
मोङछामा ː
(खाबाहोङलाई भुइसोहोरी ढोगेर) बसी बसाई नै छ, पापा ।
रङरीमा ː
(रमाउँदै खाबाहोङको हातमा झुन्डिन्दै) पापा ǃ तपाई आइपुग्नु भो ?
खाबाहोङː
(रङरीमालाई चुम्मा खादै) अँ त छोरी ǃ छोरीलाई भेट्नु म आएँ त ǃ
रङरीमाː
(खाबाहोङलाई चुम्मा खादै) पापा, तपाई नहुदा आमाले यहाँ तपाईको बारेमा कति धेरै सुर्ता
गरिरहनु हुन्थ्यो । पापा, आमाले सधै हाम्रो
सुप्तुलुङलाई ढोग्दै तपाईको लागि कति धेरै दिप्पा–दिमामासँग बल
मागी दिनु हुन्थ्यो । (डौडिएर घरभित्र गई वापा लिएर दिदै) पापा, यी यो वापालाई हेर्नुहोस त । यो सायावापा तपाईको नाउँमा
दिप्पा र आमाले साया रेप्माया दिनुभा’को हो ।
खाबाहोङː
(वापालाई समाउँदै) ल ल छोरी । (मोङछामालाई हेर्दै) अनि, मोङछामा तिमी सञ्चै छौ ?
मोङछामा ː
हजुर । अनि तपाई ?
खाबाहोङː
अँ म पनि सन्चै छु । (यताउती हेर्दै) अनि, पापा खोइ त ?
मोङछामा ː
पापा त हिजो साकेन्वामेला जानु भा’को थियो । उतै खुसेको घरमा बास बस्नु भएछ । आज विहान आउँछु
भनेर पल्लोघरको युमालाई हिजो समाचार पठाउनु भा’को थियो । अहिलेसम्म
आउँनु भा’को छैन ।
खाबाहोङː
(सायावापालाई बिस्तारै छोड्दै) ए...ऽऽऽ (खुन्पाबुबुतिर
हेर्दै) खुन्पाबुबु ǃ अझै तपाईको भारी बिसाउँनु
भा’को छैनौ ? लु लु, भारी बिसाउँनुहोस, गल्नु भयो होला ।
खुन्पाबुबुː
(ठट्टा गदै) अब, तपाईहरु कम्मारुम र
कप्पारुम भेट भएपछि भईहाल्यो, केही पनि चाहिएन । म
चाहिँ मेरो ढाकर कहाँ राखौ भनेर ठाउँ खोज्दै छु नि ǃ
खाबाहोङː
(ढाकर बिसाउँनु सघाउँदै) खुन्पाबुबु, यी यता तेम्बुतिरै बिसाउँनुहोस् ।
खुन्पाबुबु ː
हुन्छ । (ढाकर बिसाउँदै) मेरो ढाकर समाई देउ है त, लाउरेउ ।
खाबाहोङː
(ढाकर समाउँदै) हवास,
हवास्
खुन्पाबुबुबु ।
खुन्पाबुबु ː
(ढाकर बिसाएर टोपीले पसीना पुच्दै) गाँठेँ हो, हेर्दा सानो भए पनि यो लाउरेकोसुटकेस ता निकै गरुङ पो रैछ त
।
मोङछामा ː
(ठट्टा गर्दै) अब खुन्पाबुबु, लाउरेले धेरै
खावाचासुम ल्यायो होला नि ǃ
खुन्पाबुबुː
(पसीना पुच्दै) खै, होला ता नि ǃ मैले त्यो सुटकेसभित्र पसेर हेरेको छुईन । अब जे छ, त्यही सुटकेसले जान्दछ । (उपस्थित सबैजना हाँस्छ । मोङछामा
घरभित्र जान्छ । त्यही बेला खोक्र्दै पापाको प्रवेश हुन्छ ।)
रङरीमाː
(दिप्पातिर औँलाउँदै) पापा ǃ उ दिप्पा पनि
आउँनु भयो नि ǃ
पापाहोङ ː
(खोक्र्दै) के गर्दैछौ,
तिमीहरु ? (खुसी हुँदै) अनि, खाबाहोङ तिमी कति खेर आयौ
?
खाबाहोङː
अहिले भरखरै पो पापा । (पापाको खुट्टामा ढोग्दै) पापा, सेवा गरँ है ।
पापाहोङ ː
(ढोग फर्काउँदै) आलाङने,
आलाङने ।
भाग्यमानी हुनु । सुम्निमा–पारुहोङझै सबैले मान्ने–गुन्ने हुनु । (घरभित्रै हेर्दै) अनि, तान्मा ǃहाम्रो भर्तीवालेको साया
चोङतायौ त ?
मोङछामा ː
(नेपथ्यमा) साया चोङताउने सामानहरु ल्याउँदैछु, पापा ।
पापाहोङ ː
ल ल ǃ अब, धेरै वर्षपछि परदेशबाट घर आको’छ । साया चोङताएरलाप्सु गरिदिनु पर्छ ।
मोङछामा ː
(काँसे थालमा माना चामलमा जोर दीयो बालेर प्रबेश गर्दै) हवस, पापा ǃ (मोङछामाले खाबाहोङलाई दही
चामलले र्पिर्छएर काँसे थालमा भा’को माना चामल र जोर
दीयोले खाबाहोङको टाउको वरिपरि तीन फन्को घुमाउँछ ।)
पापाहोङ ː
(मोङछामालाई सघाउँदै) सोई...ऽऽऽ दिप्पापाचो, दीमामाचो । आई ना केन छा, केन नाती पौवा
परदेशा दोकोङ ताआ । खावा–चासुम ताती । तकु खाबा–चासुम निलो ङेईत्मा कानेर्ई...ऽऽऽ झारा केन छा, केन नानीचीलाई आयु ईत्याङसो, पुसङ ईत्याङसो
निमा चोङमा मेत्मा कानेर्ई...ऽऽऽ दिप्पापाचो,
दीमामाचो ।
(पापाहोङले खाबाहोङलाई दही टिका लगाइदिन्छ । खाबाहोङले हात जोडेर सुप्तुलुङतिर
ढोग्छ । त्यसपछि खाबाहोङले ढाकरबाट सामानहरु निकाल्छ ।)
खाबाहोङː
(बर्मकोट दिदै) पापा,
यी तपाईलाई यो
बर्मकोट ।
पापाहोङ ː
(बर्मकोट समाउँदै) आलाङने, आलाङने ।
खाबाहोङː
(भेस दिदै) छोरी, तिमीलाई यी यो सेतो भेस ।
रङरीमा ː
(सेतो भेस समाउँदै) आलाङने, पापा ।
खाबाहोङː
(सुईटर दिदै) खुन्पाबुबु, यो सुईटर
लगाउँनुहोस् है ।
खुन्पाबुबुː
(सुईटर समाउँदै) आलाङने,
लाउरेउ ।
खाबाहोङː
(साडी दिदै) मोङछामा,
अनि तिमीले चाहिँ
यो साडी लाउ है ।
मोङछामा ː
(साडी समाउँदै) ए...ǃ
मलाई पनि पापा ।
मलाई त पदैन थियो नि ǃ
खाबाहोङː
(मोङछामालाई हेदै) अब भईगो नि त । यो तिम्रै लागि भनेर
ल्याइदिएको साडी, राख न त । (खाबाहोङ र
मोङछामा हेराहेर गर्छ ।)
पापाहोङ ː
(खाबाहोङलाई हेर्दै) खाबाहोङ, तिमी अहिले आए
पनि तिमीलाई एउटाकुरा सोध्नु मन लाग्यो ǃ
खाबाहोङː
(अचम्म मान्दै) के कुरा हो, पापा ǃ भन्नुहोस न ।
पापाहोङː
अरु लाउरेहरु त तीन–तीन वर्षमा छुट्टी लिएर
घर आउँछ । बेला–बेलामा चिठी पत्र पठाउँछ
। तर तिमीचाहिँ किन यसरी चार–पाँच वर्षसम्म बेखबर भयौ ?
खाबाहोङː
(पापाको कुराबाट पन्छिनु खोज्दै) भयो, पापा । अब, यस्तो कुरा नगरौ ।
पापाहोङ ː
किन ? त्यस्तो भन्नु नहुने कुरा
के छ ?
खाबाहोङː
भयो पापा । अब मेरो कहानी नसोध्नुहोस् ǃ त्यो कहानी सम्झेर ल्याउँदा भक्कानो छुटेर आउँछ । बरु अरु
कुरा भन्नुहोस् । तपाईहरुलाई कस्तो छ ?
पापाहोङ ː
(आक्रोशमा) तर खाबाहोङ,
तिमी त मेरो छोरा
हौ । तिमी त मेरो रगतको एक ढिका हो । तिमी त मेरो दुःख सुःख बिसाउँने चौतारी हौ ।
(एकोहोरिन्दै) तिमीलाई थाहा छ ? तिमी सानो हुँदा तिम्रो
आमाले तिमीलाई टुकु–टुकु हिडाउँथ्यो । तिम्रो
आमाले अथाह माया गथ्यो । भविष्यमा ठूलो मान्छे बनाउने तिम्रो आमाको सपना थियो । तर
त्यो सपना पुरा हुनु नपाउँदै तिम्रो आमाको मृत्यु भयो । म राँडा भए । तिमी आमा नभा’को टुहुरा भयौ । त्यै पनि कत्रो दुःखकष्ट सहेर मैले तिमीलाई
हुर्काएँ । पढाएँ । बढाएँ । हरपल तिमीलाई असल बाटो देखाएँ । फलस्वारुपः आज तिमी
लाउरे भा’को छौ । देश–विदेश घुमेर संसार हेरेको छौ । देश–विदेशको कुरा बुझेको छौ । (आँशु पुच्दै) तर, आज मलाई नै पराई सम्झिएर तिम्रो कुरा लुकाउँदै छौ हैन ?
खाबाहोङː
(पापाहोङको छेउमा गएर सम्झाउँदै) त्यसो होइन, पापा ǃ मैले तपाईको चित्त
दुखाउँनु खोजेको कहाँ हो र ?
पापाहोङ ː
तिमीले मेरो चित्त दुखाउनु खोजेको होइन भने, हामीले सुन्नु नहुने के छ त तिम्रो कहानी ?
खाबाहोङː
(लामो श्वास तान्दै) पापा, ल सुन्नुहोस मेरो
पीडाको काहानी । (सबै जना शान्त रहन्छ) पापा,
म घरबाट पल्टन
पुग्ने बित्तिकै हाम्रो पलटनले हामी सबै सिपाहीहरुलाई कोसोभोको युद्धमा लग्यो ।
त्यो युद्धमा हजारौ विद्रोही लडाकु र हाम्रो सिपाहीहरु मारियो । त्यो युद्धभूमिमा
रगतको खोलाबग्यो । लाशको थुप्रै थुप्रो भयो । हजारौले ज्यान गुमायो । कयौ आमाहरुको
काख रित्तियो । कयौ पे्रमिकाहरुको साथ रित्तियो । कयौ श्रीमतीहरुको सिन्दुर पुछियो
। कयौ बालबच्चाहरु नाबालकमा नै टुहुरा भयो । त्यो युद्धभूमिमा मर्ने सिपाहीहरु त
मरिहाल्यो । बाँच्ने सिपाहीहरु पनि जीवन र मृत्युको दोसाँझमा पुगेर बाच्यौ ।
विद्रोहीहरुले मलगायत अरु हाम्रो सिपाहीहरुलाई कब्जामा लिएर समुद्री टापुको एकान्त
जंगलमा लग्यो । त्यहाँ उनीहरुले हामीलाई बषौसम्म यातना दिँदै भोकभोकै राख्यो ।
त्यहाँ हाम्रो कोही पनि सहारा भएन । हामी आत्तिएयौ । त्यसपछि मैले मुन्दुम जप्दै
तपाईले दिनुभा’को याङलाई मेरो छातीमा
राखेर दिप्पापासँग शक्तिवलमागेँ । खलीको भाकल गरेँ । त्यहीक्रममा हाम्रो कम्पनीबाट
हाम्रो थप सिपाहीहरु आएर हामीलाई शत्रुहरुबाट सकुशल छुटायो । हामी सबैजना हाम्रो
पल्टनमा पुग्यौ । पल्टनमा हामीलाई विद्रोहीले कब्जामा लिएको विषयमा बृहत छलफल भयो
। त्यो छलफलपछि छुट्टीमा हामी आ–आÇनो घर आयाँ । त्यसरी विद्रोहीहरुको कब्जामा परेकोले गर्दा
चार–पाँच वर्षसम्म म बेखबर भा’को थिए । (लुगा फुकालेर ढाड देखाउँदै) नपत्याए यी मेरो
ढाडमा हेर्नुहोस त पापा, बिद्रोही शत्रुहरुको गोली
लागेर घाउ भा’को ? अझै, पनि यो घाउ निको भा’को छैन ǃ (भावुक भएर सबैले आँशु
पुच्छ ।)
पापाहोङ ː
(खाबाहोङको घाउ सफा गरिदिएर) लु भयो, अब नरोऊ । मैले पो कुरै नबुझी तिम्रो चित्र दुखाए छु ।
खाबाहोङː
(उठदै) ठिकै छ, पापा । जीन्दगी यस्तै
रहेछ ǃ कहिले हाँसो, कहिले रोदन । सबै मानिसको आ–आÇनै पीडा हुन्छ । त्यो पीडाले सबै मानिसको मन रुन्छ । चाहे
त्यो लाहुरे होस, चाहे अन्य मानिस । ओखरी
पीडा त सबैको लागि पीडै त हो नि ǃ कस्लाई पो पीडाले हसाउँछ
र ?
पापाहोङ ː
तर खाबाहोङ, लाउरेहरु त छुट्टीमा घर
आएको बेलामा मिठो खान्छ । राम्रोलगाउँछ । रमाइलो गर्छ । त्यसैले लाउरेहरुले त सधै
सुःखै सुखमा जीवन बिताएको होला जस्तो लाग्थ्यो,
तर होइन रहेछ ।
लाउरेहरुको पनि आ–आÇनै पीडाको कहानी हुदोरहेछ, है ?
खाबाहोङː
(स्वीकारोक्तिमा) हो त पापा । प्रायःपल्टनमा लाहुरेहरुलाई
धेरै दुःख, पीडा हुन्छ । तसर्थ, नेपालमा आएको बेलामा घरपरिवारसँग बसेर रमाइलोगरिएको हुन्छ ।
आफूले जे–जति दुःख, कष्ट खाँदै भएपनि आÇनो परिवारको सदस्यहरुलाई
सुःखमा नै राखिएको हुन्छ । त्यसरी दुःख, कष्ट गरेर कमाएर ल्याएको
पैसाले आÇनो छोरा–छोरीहरु राम्रो पढेर ठूलो मान्छे भा’को हेर्ने ईच्छा हुन्छ । आÇनो छोरा–छोरी–श्रीमती परिवारको प्रगति
हेर्नु पाएमा आÇनो पल्टनमा भोगेको सबै
दुःख–पीडा भूलिन्छ ।
पापाहोङ ː
ए...ऽऽऽ, बल्ला पो, सबै कुरा थाहा भयो ।
मिथाहोङ ː
(गाउँलेहरुसँग प्रवेश गर्दै) हन, बब के गर्दैछौ, होउ ?
पापाहोङ ː
खै, के भनौ र ? बसी बसाई त हो नि, मिथाहोङ ǃ
मिथाहोङ ː
हन, हाम्रो भर्तीवाले आएको
थाहा पाएर हामी पनि आयौ त ।
पापाहोङ ː
ए ǃ ल ल । आऊ, आऊ । यतै तेम्बुतिरै बसौ, सबैजना ।
मिथाहोङ ː
ल ल । (सबै जना तेम्बुतिर बस्छ ।)
खाबाहोङː
(मिथाहोङलाई ढोग्दै) सेवा गरे है, बङङा ।
मिथाहोङ ː
(ढोग फर्काउँदै) आलाङने,
सेवा...सेवा ǃ (खाबाहोङले साईनो अनुसार सबैलाई ढोग्छ । उपस्थित सबै
मानिसहरुबीच ढोगभेट चल्छ । मोङछामाले भारी खोलेर रम निकाल्छ ।)
मोङछामा ː
(बटुकोहरु ल्याएर रम लाउँदै) रङरीमा, यो रङरीवासाकावा दिप्पा,
बङङाहरुलाई बाँडी
देउ त ।
रङरीमा ː
(छेउमा आउँदै) हवास,
आमा । (बटुकोको
रम पापालाई दिँदै) दिप्पा यी, रङरीवासाकावा वासुप ।
पापाहोङ ː
(रम समाउँदै) आलाङने,
आलाङने ।
रङरीमा ː
(बटुकोको रम मिथाहोङलाई दिर्दै) दिप्पा यी, रङरीवासाकावा ।
मिथाहोङ ː
(रम समाउँदै) आलाङने,
आलाङने ।
रङरीमा ː
(बटुकोको रम खाबाहोङलाई दिर्दै) पापा, यी रङरीवासाकावा ।
खाबाहोङː
(रम समाउँदै) आलाङने,
आलाङने ।
रङरीमा ː
(बटुकोको रम हादिरालाई दिर्दै) बङङा,रङरीवासाकावा ।
हादिराː
(रम समाउँदै) आलाङने,
आलाङने ।
खाबाहोङː
(रम खादै) पापा ।
पापाहोङ ː
(रम खाएर मुख पुच्दै) जेउ ।
खाबाहोङː
म गोर्खा मेजर भएँ नि ǃ
पापाहोङ ː
(हर्ष मान्दै) तिमी गोर्खा मेजर भयौ रे ǃ
खाबाहोङː
हजुर, पापा ।
पापाहोङ ː
(उत्साहित हुदै) अनि,
कहिले ?
खाबाहोङː
अस्ती, भरखरै पापा ।
पापाहोङ ː
(हर्ष मान्दै) खाबाहोङ,
साच्चै तिमी
गोर्खा मेजर भयौ ?
खाबाहोङː
हो त पापा । अस्ती, भरखरै मात्र गोर्खा
मेजरमा मेरो प्रोमोसन भा’को हो । (झोलाको गोजीबाट
मेडल झिकेर दिदै) यी न पत्ताए हेनुहोस त, म गोर्खा मेजर हुँदा मैले
पाएको गोर्खा मेजरको चिन्हसहितको मेडल ।
पापाहोङ ː
(मेडललाई छामेर हेरेपछि खाबाहोङलाई ढयाप मार्दै) स्याबास
छोरा ǃ स्याबास ǃǃ तिमीले हरेक दुःख पीडा खाँदै भएपनि तिमीलाई ठूलो मान्छे
बनाउने हाम्रो सपना पुरा गरिदियौं । तिमीलाई मुरी–मुरीको धन्यवाद छ
। (आकाशतिर ढाग्दै) हे सुम्निमा–पारुहोङ ǃ हाम्रो खाबाहोङको प्रगति सधैँभरि यसरी नै भइरहोस् ।
(छिमेकीहरुतिर हेर्दै) अँ, अचेल तहाम्रो
साकेन्वासेवाको समय पनि हो । फेरि, आज हाम्रो खाबाहोङ गोर्खा
मेजर भएर आएको छ । यो खुसीयालीमा सबैजनाले साकेन्वा शिली टिप्दै रमाइलो गरौ न त ।
(उपस्थित सबैलाई हेर्दै) कि कसो पो हो, दक्छावुवाचि ?
छिमेकीहरु ː
(एकै स्वारमा) हुन्छ,
हुन्छ ।
हादिरा ː
(सिकुवामा झुण्डी रहेको ढोललाई निकालेर बजाउँदै) लु, मैले त ढोल बजाउँनु पो थालँ है । अब, तपाईहरु पनि शिली टिप्नु आउँनुहोस् है ।
पापाहोङ ː
(उठेर नाच्दै) ल ल ǃ लु म वूढो ता शिली टिप्नु
थाले है । लु आउहोस्, सबै जना मिलेर शिली टिपौं
।
छिमेकीहरु ː
(एकै स्वारमा) हुन्छ,
हुन्छ ।
(होङछामाले भ्mयामटा लिएर बजाउँदै
नाच्नु थाल्छ । पापाको नेतृत्वमा गोलबद्ध भएर उपस्थित सबै जनाले साकेन्वा शिली
टिप्दै नाच्नु थाल्छ । प्रकाश विस्तारै विलयन हुँदै स्थिर हुन्छ ।)
(पर्दा बन्द हुन्छ ।)
ऽऽऽ