दृश्य : पहिलो
स्थान : तुवाचुङ
समय : बिहान/दिउँसो/बेलुका
पात्रहरू : हेत्छाकुप्पा, तायामा, खियामा, होङ्ग्रायो, चक्रङधिक्मा
(हिमालयको काखमा तुवाचुङ छ । त्यो तुवाचुङमुनि दूधकोसी बगिरहेको छ । त्यो दूधकोसीमाथि तुवाचुङको घनाजङ्गलभित्र ठूलो गुफा छ । त्यो गुफाभित्र किरात संस्कृति झल्किने घर छ । त्यो घरमा हेत्छाकुप्पा सुतिरहेको छ । त्यहीबेला गफ गर्दै तायामा र खियामाको प्रवेश हुन्छ ।)
तायामा :
(हेत्छाकुप्पाको छेउमा गएर नियाल्दै) हेत्छाकुप्पा१, हेत्छाकुप्पा, ए... हेत्छाकुप्पा ।
हेत्छाकुप्पा :
(ओछ्यानबाट बिस्तारै उठेर आँखा मिच्दै) हजुर, नानाची२ ।
खियामा :
(हेत्छाकुप्पालाई उठाउँदै) हेत्छाकुप्पा, तिमी अझै सुतिरहेकै छौ ?
हेत्छाकुप्पा :
(समालिएर उठ्दै) हैन नानाची, म उठिहालेँ नि ! (तन्किँदै) मता कति सारो भुसुक्कै पो निदाए छु ।
तायामा :
हेर न हेत्छाकुप्पा, हाम्रो आमा–पापाको मृत्यु भएपछि ता, यो गाउँभरि नै महाअनिकाल लागेको छ । यो गाउँमा खानेकुरा केही पनि छैन । अस्ति–अस्ति ता, जङ्गलबाट ऐँसेलु खोजेर तिमीलाई ल्याइदिन्थ्यौँ तर अबदेखि ता, त्यो ऐँसेलु पनि छैन ।
खियामा :
हो हेत्छाकुप्पा, अबदेखि ता हामीले खाने वनतरुललाई पनि चक्रङधिक्माले पत्तालमुनि भसाइदियो । अब हामीले त्यो वनतरुललाई पनि खनेर खानु नसकिने भयो । हामीले खाने लाकुवा३लाई पनि खानै नहुने गरी तीतो बनाइदियो । आजदेखि ता, हामीले खानेकुरा पनि केही छैन । तसर्थ हेत्छाकुप्पा, अब हामी भोकभोकै मर्ने नै भयौँ । फेरि तिमीलाई भोक लागेपछि सधैँ बेहोस हुन्छौ, हेत्छाकुप्पा ।
हेत्छाकुप्पा :
(स्वीकारोक्तिमा) त्यो ता हो नानाची । तर के गर्नु नानाची, मलाई आज पनि फेरि अरू दिनभन्दा धेरै भोक लागेको छ । (खियामाले पोल्टोबाट ऐँसेलु झिकेर हेत्छाकुप्पालाई दिन्छ ।)
तायामा :
(पोल्टोबाट ऐँसेलु झिकेर दिँदै) त्यसको बारेमा चिन्ता नलेऊ, हेत्छाकुप्पा । हामी जसरी भए पनि खानेकुरा खोजी ल्याएर तिमीलाई अघाउन्जेल खानु दिन्छौँ । (बुछीरोङ बसाउँदै) बरु हेत्छाकुप्पा, तिमीले चाहिँ हामी नआउन्जेलसम्म यो सुप्तुलुङ४मा आगो बालेर यो बुछीरोङ५ पकाउँदै गर है ।
हेत्छाकुप्पा :
(ऐँसेलु खाँदै) हुन्छ, नानाची । म तपाईंहरुले भनेभैं बुछीरोङ पकाउ छु ।
तायामा :
खियामा, हामी फेरि पनि एकपल्ट गाउँतिर अन्न खोज्नु जाऊँ । कतै अन्न भेटी पो हालिन्छ कि ?
खियामा :
(स्वीकारोक्तिमा) हुन्छ नाना६ । जाऊँ, जाऊँ अन्न खोज्नु । कतै अन्न भेटिहालियो भने ता, हाम्रो भाग्य नै पो पल्टिन्छ त ।
हेत्छाकुप्पा :
(निर्दोष रूपमा हेर्दै) नानाची, भरै छिट्टै आउनुहोस् है ।
तायामा :
(मायाले हेत्छाकुप्पालाई छाम्दै) ल, ल हेत्छाकुप्पा । हामी अन्न खोजी ल्याएर छिट्टै आउँछौँ, अनि रोङ७ पकाएर सबैजनाले अघाउन्जेल खानुपर्छ ।
खियामा :
(मायाले हेत्छाकुप्पालाई छाम्दै) हो हेत्छाकुप्पा, आजचाहिँ भुँडी अघाउन्जेल रोङ खानुपर्छ । (ऐँसेलु खुवाउँदै) लु उठ, हेत्छाकुप्पा । अहिलेचाहिँ उठेर यो एँसेलु खाँदै गर । भरै बुछीरोङ पाकेपछि रोङ खाउँला ।
हेत्छाकुप्पा :
(उठेर रमाउँदै नाच्दै) आहा ! आज रोङ खाने..., आज रोङ खाने..., आज रोङ खाने...। (त्यहीबेला हेत्छाकुप्पाको खुट्टाले चुलाको दाउरामा टेकेर बुछीरोङ घोप्टिएर पोखिन्छ । हेत्छाकुप्पा पनि चुलाको दाउरामा अल्झिएर लड्छ ।)
खियामा :
(दौडिँदै गएर हेत्छाकुप्पालाई उठाउँदै) रोगो, रोगो, नामधुम्पा८ लावा९ ताएँ१०–ताएँ ।
तायामा :
(हेत्छाकुप्पालाई उठाउँदै) हेत्छाकुप्पा, हेत्छाकुप्पा आँखा खोल त ।
खियामा :
(हेत्छाकुप्पालाई झक्झकाउँदै) हेत्छाकुप्पा, हेत्छाकुप्पा आँखा खोलेर यता हेर त । (हेत्छाकुप्पालाई अँगालो मारेर रुँदै) हेत्छाकुप्पा...।
तायामा :
(हेत्छाकुप्पालाई अँगालोमा लिँदै) हेत्छाकुप्पा, तिमीले पनि आमा–पापाले जस्तै कहिल्यै नफर्किने गरी हामीलाई छोडेर गयौ है । आमा–पापाले पनि हामीलाई नाबालकमै टुहुरा बनाएर जानुभयो । अब तिमीले पनि हामीलाई छेन्वा११ विहीन बनाएर गयौ है । अब हामीमत्तै यो हेन्खामा१२मा कसरी बसौ नि, हेत्छाकुप्पा । (आफ्नो शरीरको बर्को निकालेर हेत्छाकुप्पाको शरीरमा छोपिदिएर भक्कानिएर रुन्छ ।)
खियामा :
(आँसु पुछेर सान्त्वना दिँदै) नाना, अब नरुनुहोस् । बरु नरोइकन उठेर हेत्छाकुप्पाको आत्मालाई चिरशान्ति मागी दिऊँ । अब हेत्छाकुप्पाको भाग्य नै त्यति रैछ ।
तायामा :
(रुँदै) हेत्छाकुप्पा, तिम्रो भाग्यमै यति नै रैछ । तसर्थ, चित्त नदुखाई निनाम्मा१३मा गएर सुनैसुनको दरबारमा बूढाहोङ१४सँग बस है । तिम्रो खाने, बस्ने, खेल्ने ठाउँ पनि त्यहीँ छ । त्यहीँ खानु, त्यहीँ बस्नु, त्यहीँ खेल्नु है, हेत्छाकुप्पा । त्यसको लागि हामीले किरात संस्कार–अनुसार मुन्दुम१५को माध्यमबाट निनाम्मामा पु¥याएर सुनैसुनको दरबारमा पु¥याएर बूढाहोङसँग बसाइ दिन्छौँ ।
खियामा :
(आँसु पुछ्दै) नाना, अब यसरी रुएर हेत्छाकुप्पाको आत्मालाई बाटो छेक्नुहुँदैन । तसर्थ, बरु हेत्छाकुप्पाको अन्त्येष्टिको लागि तपाईंले बुछीरोङ पकाउनुहोस् । म हरियो ङाक्सी१६ तोत्ला१७ ल्याएर आउँछु । (तायामाले बुछीरोङ पकाएर हेत्छाकुप्पाको टाउकोमा राखिदिन्छ । खियामाले ङाक्सी तोत्ला ल्याएर हेत्छाकुप्पाको लाशमाथि राखिदिन्छ ।)
तायामा :
हेत्छाकुप्पा, का सोम मेनतुप्मङङे, दिप्पापाची दिमामाचीदोङे युङा है ।१८ (खियामातिर हेर्दै) खियामा, अब हाम्रो एक मात्र छेन्वा हेत्छाकुप्पाको पनि मृत्यु भएपछि अब हामी पनि यहाँ नबसौँ । बरु, हाम्रो छेन्वा हेत्छाकुप्पाको सम्झानामा हेत्छाकुप्पाको रेप्मा१९ छेउमा पाटी–चौतारा बनाएर बर–पीपल रोपिदिउँ । अनि हेत्छाकुप्पाको रेप्मामाथि चाहिँ बाबरीपूmल रोपेर किरात मुन्दुम फलाक्दै हेत्छाकुप्पाको आत्माको चिरशान्तिको कामना गरी दिँदै वासा२० भएर उडेर अन्तै जाउँ ।
खियामा :
तर नाना, त्यसरी हामी वासा भएर उडेर गएपछि हामीबीचको खबरचाहिँ कसरी थाहा पाउनु त ?
तायामा :
खियामा, यदि हामी वासा भएर जाँदा हामी एक अर्काको बारेमा जानकारी लिनुपरेमा यो हेत्छाकुप्पाको रेप्मामा हामीले रोपेको बाबरीपूmलमध्ये जसले रोपेको बाबरीफूल ओइलिएको हुन्छ, उसको मृत्यु भएको कुरा थाहा पाउनुपर्छ ।
खियामा :
(तलतिर हेरेर अचम्म मान्दै) ल नाना, तपाईंको आँसुबाट ता, तावाखोला२१ भइसकेछ नि !
तायामा :
(खियामाको कुरा स्वीकार गरेर अर्कोतिर हेर्दै) अँ खियामा, तिम्रो आँसु– बाट पनि ता, रावाखोला२२ भइसकेछ नि त ! अब तिम्रो आँसुबाट रावाखोला भइसक्यो, मेरो आँसुबाट तावाखोला भइसक्यो । बरु अब हामीले किरात मुन्दुम फलाक्दै वासा भएर उडेर आ–आपैँ जाऊँ ।
खियामा :
हवस् नाना । तर नाना, मलाई बाटो थाहा नै छैन । तसर्थ, हजुर नै अगाडि उडेर जानुहोस् । म हजुरको पछिपछि आउँछु ।
तायामा :
ठीकै छ, खियामा । अब, तिमीलाई बाटो थाहा छैन भने, म नै अगाडि जाउँला । तर, तिमी पनि मेरो पछिपछि आऊ नि ! नत्र हाम्रो यात्रामा अशुभ हुन्छ । अहिले म गएँ ।
खियामा :
हुन्छ, हुन्छ नाना । म आएँ, आएँ । (हेत्छाकुप्पाको मृतात्माको चिरशान्तिको कामनाको लागि किरात मुन्दुम फलाक्र्दै रुँदारुँदै तायामा तावामा र खियामा खिवामा भएर उडेर जान्छ । त्यहीबेला विरहको धुनहरूको आवाज आउँछ । त्यो धुन बजिसकेपछि होङ्ग्रायो उडेर आई एउटा सुकेको रुखमा बस्छ । त्यो होङ्ग्रायो रुखमा बसिसकेपछि साकेन्वा ढोल–झ्याम्टाको आवाज आउँछ । त्यहीबेला तायामाको प्रवेश हुन्छ ।)
तायामा :
(यताउति हेरेर अचम्म हुँदै) हँ, यो खियामा ता, यहाँ पनि छैन । यति चाँडै अचानक कहाँ गएछ ? (अचानक खियामाले रोपेको बाबरीफूलतिर हेर्दै) हँ, यो खियामाले रोपेको बाबरीफूल पनि ओइलिएको पो छ त ! यसरी आफूले रोपेको बाबरीफूल ओइलिएमा त मृत्यु हुन्छ पो भन्ने बाचा गरेको थियौँ । कतै, यो खियामाको मृत्यु ता भएन ? (होङ्ग्रायोलाई रूखमा बसिरहेको देखेर नजिक जाँदै) होङ्ग्रायो२३, मैले मेरो निछा२४ खियामालाई चार चौँतीस खोजिसकेँ, तर उसलाई मैले कहीँ पनि भेटिन । मैले उसको बारेमा रूखलाई सोधेँ, रूखले पनि उसको बारेमा थाहा पाएन । मैले उसको बारेमा ढुङ्गालाई सोधेँ, तर ढुङ्गाले पनि उसको बारेमा थाहा पाएन । त्यसैले खियामालाई खोज्दाखोज्दा थाकेर म यहाँ नै आएको छु । कतै तिमीले मेरो निछा खियामालाई ता देखेनौ, होङ्ग्रायो ? (होङ्ग्रायो नबोली ङिच्च हाँसेपछि अचानक आक्रोशमा) होङ्ग्रायो, तिमीले मेरो निछा खियामालाई मारेर खाए छौ । तिम्रो दाँतमा खियामाको केस छ । तिमी पापी हौ । तिमी असत्ती हौ । तिमीलाई मेरो निछाले के गरेको थियो र तिमीले मेरो निछालाई मारेर खायौ ? किन मेरो निछालाई मारेर खायौ ? मेरो निछालाई किन मारेर खायौ ? किन ? किन ? किन ?
होङ्ग्रायो :
(माफी माग्दै) मेरो गल्ती भयो, तायामा । (डराउँदै) मैले खियामालाई मारेर खानुहँुदैन थियो, तर मारेर खाइहालेँ । अबदेखि त्यस्तो गल्ती कहिले पनि गर्दिन । त्यसको लागि म माफ पाऊँ ।
तायामा :
(शान्त हुँदै) ठीकै छ, होङ्ग्रायो । तिमीले मेरो निछालाई मारेर खानु हुँदैन थियो, तर खाइहालेछौ । तैपनि अब मेरो निछाको हड्डी–खुड्डी कहाँ छ ? मलाई देखाइदेऊ । म मुन्दुम फलाक्दै मेरो निछालाई जगाउँछु ।
होङ्ग्रायो :
(डराउँदै परतिर देखाउँदै) उ परको रूखको टोड्कामा खियामाको सबै हड्डीखुड्डी छ, तायामा । (तायामा परको रूखको टोड्कामा खियामाको सबै हड्डीखुड्डीहरू ल्याएर तेलमा डुबाएर खरानी र पानी मिसाएर साम्बाको चुङ्गेमा राखेर दोकको थान लगाएर दोक बायाङसो खियामाको अनुहारको आकारमा कपडामा बुट्टा निकाल्दै जोडजोडले मुन्दुम फलाक्दै निनाम्मालाई ढोग्दै) ओ जय किरात ...ऽऽऽ...
खियामा :
(बिस्तारै उठेर तन्किदै) आ...ऽऽऽ...हाई । कति सारो भुसुक्कै पो निदाए छु )
तायामा :
(सम्झाउँदै) तिमी निदाएको होइनौ, खियामा । तिमी त मरेको थियौ ।
खियामा :
(अचम्म मान्दै) हँ, म मरेको थिएँ रे, नाना ?
तायामा :
हो खियामा, तिमी मरेको थियौ । तिमीलाई होङ्ग्रायोले मारेर खाएको थियो । तर, तिम्रो हड्डीखुड्डीलाई भने, होङ्ग्रायोले रूखको टोड्कामा राखेको थिएछ । त्यही रूखको टोड्काबाट तिम्रो हड्डीखुड्डीलाई मैले ल्याएर तेलमा डुबाएर मुत्दी२५ र पानी मिसाएर साम्बा२६को चुङ्गेमा राखेर किरात मुन्दुम फलाक्दै दोक२७ लगाएर कपडा बायाङसो२८ त्यो कपडामा तिम्रो अनुहारको आकार हुँदै शरीरको भागको आकारको बुट्टा बायाङ्सो जाँदा तिम्रो रूप तयार भएर तिमी बिउँतिएको हो, खियामा ।
खियामा :
(आभार प्रकट गर्दै) नाना, तपाईं धन्य हुनुहुन्छ । तपाईंले मलाई ब्यूँताएर नयाँ जीवन दिनुभएकोमा म तपाईंप्रति आजीवन ऋणी छु ।
तायामा :
(सम्झाउँदै) धत् होङ्मा२९ । आफ्नो नानासँग पनि आजीवन ऋणी हुनुपर्छ र ? तिमीलाई बचाउनु ता मेरो पनि कर्तव्य हो नि !
खियामा :
त्यो ता हो, नाना । तर, तपाईंले मलाई धेरै माया गर्नुहुन्छ र नै ता ब्यूँताउनुभयो । नत्र हेत्छाकुप्पालाई पनि ब्यूँताउनुहुन्थ्यो नि !
तायामा :
त्यो ता हो, खियामा । तर, जति गरे पनि हेत्छाकुप्पालाई ब्यूँताउनु नसकेकोमा भने, मलाई पनि धेरै दुःख लागेको छ । तर के गर्नु खियामा, यदि हेत्छाकुप्पालाई ब्यूँताउनु सकेको भए पनि ऊ हामीजस्तै वासा हुँदैनथ्यो । ऊ ता छोरा मान्छे नै हुन्थ्यो । हेत्छाकुप्पा मान्छे नै भएपछि उसले विभिन्न दुःख–कष्ट झमेलाहरू सहनुपथ्र्या । फेरि, हेत्छाकुप्पा जवान भएपछि उसलाई जोडी पनि छोरीमान्छे नै चाहिन्थ्यो । तर, हेत्छाकुप्पाको लागि ता अहिले तुरुन्तै यो हेन्खामामा सुहाउने छोरीमान्छे नै छैन । अनि के गर्नु त ? तसर्थ, बरु हेत्छाकुप्पाको आत्मा चिरशान्तिको कामनाको लागि हामीले किरात मुन्दुम फलाक्दै वासा भएर पहिलाजस्तै उडेर तिमी दक्षिण मधेसतिर जाऊ, म उत्तर भोट हिमालतिर जान्छु । यदि हेत्छाकुप्पा भाग्यमानी भएमा फेरि बिउँतिएर यो ठाउँमा राज गर्ने छ । तसर्थ, बरु अहिले हामीचाहिँ वासा भएर आ–आफ्नो बाटोतिर नै उडेर जाऊँ ।
खियामा :
(स्वीकारोक्तिमा) हुन्छ, नाना । हजुरले भनेझैँ म फेरि दक्षिण मधेसतिर जान्छु । तपाईं हजुर पनि उत्तर भोट हिमालतिर नै जानुहोस्, नाना । अनि नाना, पछि हिउँदमा चाहिँ तपाईं लिन्चिमवुङ३० भएर ढकमक्क फुलेर मगमगी बासना छर्दै तावाखोलामा बगेर आई दक्षिण मधेसमा मलाई भेट्नु है । म गोवावुङ३१ भएर तपाईंलाई स्वच्छ मन लिएर तपाईं आउने बाटो हेरिरहन्छु । नाना, अहिले चाहिँ म जान्छु है ।
तायामा :
ल ल । जाऊँ, जाऊँ खियामा । तिमी गएपछि म पनि जान्छु । (खियामा मुन्दुम फलाक्दै वासा भएर दक्षिण मधेसतिर र तायामा उत्तर भोट हिमालतिर उडेर जान्छ । त्यहीबेला साकेन्वा ढोल–झ्याम्टा गुन्जिन्छ । त्यहीबेला हेत्छाकुप्पाको रेप्मा बिस्तारै हल्लिनु थाल्छ ।)
हेत्छाकुप्पा :
(रेप्माबाट बिस्तारै उठ्दै आँखा मिच्दै) आ...ऽऽऽ...हाई...म ता कति सारो भुसुक्कै पो निदाए छु । (यताउति हेरेर अनौठो मान्दै) हन, अहिलेसम्म ता नानाची, यही हुनुहुन्थ्यो ! अचानक यति चाँडो नानाचीले मलाई एक्लै छोडेर कहाँ जानुभए छ ? (आफ्नोछेउतिर भुइँमा हेर्दै) हँ ! यहाँ ता रेप्मा पो छ त ! फेरि, रेप्मामाथि सेतोकपडाले छाएको एकपाखे छाना पनि छ ! त्यो रेप्माको छानामुनि असरा३२ लाङकालाक्का३३ चुङ्गेमा रख्खे३४ खाचा३५ पनि छ ! अभैm, त्यो रेप्मामाथि सुमरा३६ सुतुप्पमी३७, कक्ता३८ बुछिरोङ, कक्ता हरियो ङाक्सी तोत्ला र कक्ता कार्दा३९ पनि छ त ! (प्रसङ्ग बदल्दै) हैन, आज मैले यो के देख्नुपरेको ? (अचम्म हुँदै) यस्तो रेप्मा ता, किरातीहरूको पो हुन्छत ! कतै...(बेवास्ता गर्दै) आ... जेसुकै होस् । यहाँ आपूmलाई कस्तो भोक लागेर मर्ने बेला भइसक्यो । बरु, यो ङाक्सी तोत्लालाई बोट बनाएर ङाक्सी फलाएर पाकेपछि खानु पो प¥यो । (रेप्माको कार्दा टिपेर ङाक्सी तोत्लातिर देखाउँदै) ङाक्सी तुरुन्तै उम्रिएर बोट हुँ, नत्र तँलाई यही कार्दाले मुन्दुम फलाक्दै काटिदिन्छु । (ङाक्सी पात तुरुन्तै पलाएर बोट हुन्छ । फेरि त्यो ङाक्सी बोटतिर कार्दा देखाउँदै) डाक्सी, अब तँ तुरुन्तै पसाएर पाक, नत्र तँलाई यहीँ कार्दाले छिनाइदिन्छु । (ङाक्सीको बोट तुरुन्तै पसाएर पहेँलो पाक्छ । त्यो पाकेको ङाक्सीको बोटमा चढेर खुट्टा हल्लाउँदै पाकेको ङाक्सी खाँदै) आहा...यो पाकेको ङाक्सी खाँदा ता, कति मज्जा हुँदोरैछ । (त्यहीबेला चक्रङधिक्माको प्रवेश हुन्छ ।)
चक्रङधिक्मा :
(हेत्छाकुप्पाको छेउमा आएर चेप्रे कस्दै) हेत्छाकुप्पा, मलाई सारै भोक लाग्यो । तिमीले खाएको ङाक्सी मलाई पनि देऊ न ।
हेत्छाकुप्पा :
(आफ्नो धुनमा खुट्टा हल्लाउँदै ङाक्सी खाँदै ङाक्सी टिपेर दिँदै) चक्रङधिक्मा, यी लिनुहोस् ङाक्सी ।
चक्रङधिक्मा :
(चेप्रे कस्दै) हेत्छाकुप्पा, म ता बूढी छु । ङाक्सी पनि समाउनु सक्दिन । बरु लम्किएर तिम्रो हातले नै ङाक्सी देऊ न, हेत्छाकुप्पा ।
हेत्छाकुप्पा :
(लम्किएर ङाक्सी दिँदै) ल ल चक्रङधिक्मा । अब तपाईं बूढी पनि हुनुहुँदो रैछ । तसर्थ, म लम्किएर नै तपाईंलाई ङाक्सी दिउँला ।
चक्रङधिक्मा :
(चेप्रे कस्दै) आलाङ्ने४० हेत्छाकुप्पा, आलाङ्ने । (हेत्छाकुप्पाले ङाक्सीको बोटबाटै लम्किएर चक्रङधिक्मालाई ङाक्सी दिँदा चक्रङधिक्माले हेत्छाकुप्पालाई ङाक्सीको बोटबाटै लडाइझारेर तोङ्वातमा लगाएर बोकेर लान्छ ।)
हेत्छाकुप्पा :
(रुँदै कराउँदै उफ्रिँदै) नाई...ऽऽऽ...नाई मलाई छोडिदिनुहोस्, चक्रङधिक्मा । मलाई छोडिदिनुहोस् । मलाई नलानुहोस् । म तपाईंसँग जान्न । म तपाईंसँग जान्न । (हेत्छाकुप्पा तोङ्वातबाट उफ्रिएर भुइँमा झर्दा चक्रङधिक्मा लड्छ । हेत्छाकुप्पा फेरि भागेर गई ङाक्सी बोटमा चढेर खुट्टा हल्लाउँदै पाकेको ङाक्सी खानु थाल्छ ।)
चक्रङधिक्मा :
(बिस्तारै उठेर लुगा टक्टकाउँदै चेप्रे कस्दै) हेत्छाकुप्पा, तिमीले म बूढीलाई लडाएर मेरो जीउ थिलथिलो पारिदियौ । तर, तिमीप्रति मेरो केही गुनासो छैन । (जीउ छाम्दै) आईया...कस्तो सारो दुखेको जीउ ! (प्रसङ्ग बदल्दै) तर हेत्छाकुप्पा म ता भोकले मर्नु आँटे । तिमीले खाएको ङाक्सी मलाई पनि देऊ न, हेत्छाकुप्पा ।
हेत्छाकुप्पा :
(ङाक्सीको बोटमा खुट्टा हल्लाउँदै ङाक्सी खाँदै) अहँ, हँुदैन । फेरि तपाईंले मलाई ङाक्सीको बोटबाटै लडाइझारेर तपाईंको तोङ्वात४१मा लगाएर लानु मात्र हुन्छ ।
चक्रङधिक्मा :
(चेप्रे कस्दै) तेसो होइन हेत्छाकुप्पा । मैले ता, तिमीलाई नातिजस्तो लागेर पो तोङ्वातमा बोकेको त । तिमी ता मेरो नातिजस्तो छौ । मैले तिमीलाई तोङवातमा लगाएर बोक्नु पनि नपाउनु ?
हेत्छाकुप्पा :
(ङाक्सीको बोटमा खुट्टा हल्लाउदै ङाक्सी खाँदै) ल ठीकै छ, चक्रङधिक्मा । तपाईंले मलाई बोक्नु मात्र भएको भए ठीकै छ, म फेरि तपाईंलाई पाकेको ङाक्सी दिउँला । तर, त्यहीँ मौका छोपेर मलाई तोङवातमा लगाएर लानुचाहिँ पाइन्दैन नि !
चक्रङधिक्मा :
(चेप्रे कस्दै) हुन्छ हेत्छाकुप्पा, हुन्छ । म तिमीलाई लान्न । बरु, मलाई छिटो ङाक्सी देऊ न ।
हेत्छाकुप्पा :
ल, ल चक्रङधिक्मा । यदि तपाईंले बोक्नु मात्र खोज्नुभएको भए, म तपाईंलाई पाकेको ङाक्सी दिन्छु । (पाकेको ङाक्सी चुँडाएर दिँदै) ल लिनुहोस्, पाकेको ङाक्सी ।
चक्रङधिक्मा :
(ङाक्सी थाप्दै) आलाङ्ने, हेत्छाकुप्पा, आलाङ्ने । (चक्रङधिक्माले ङाक्सी लिएजस्तो गरेर हेत्छाकुप्पालाई ङाक्सीको बोटबाटै लडाइझारेर तोङवातमा लगाएर लान्छ ।)
हेत्छाकुप्पा :
(आत्तिएर कराउँदै) दिमो४२ ...दिमो । मलाई छोडिदिनुहोस् । मलाई छोडिदिनुहोस् ।
चक्रङधिक्मा :
(हेत्छाकुप्पालाई तोङवातमा बोकेर जाँदै) हेत्छाकुप्पा, बल्ला तँ मेरो फन्दामा परिस । अब तँ जति कराए पनि तेरो हुनेवाला केही छैन ।
हेत्छाकुप्पा :
(अचानक आत्तिँदै) दिमो, दिमो मलाई भुइँमा राखिदिनुहोस् । मलाई छिटो भुइँमा राखिदिनुहोस् ।
चक्रङधिक्मा :
(हप्काउँदै) तँलाई के भयो ? नकराई बस्, नत्र तेरो...
हेत्छाकुप्पा :
(आत्तिँदै) मलाई गुहु आयो, मलाई गुहु आयो । छिटो राख्नुस्, छिटो राख्नुस् । नत्र तपाईंको टाउकोमै हगिदिन्छु । छिटो राख्नुहोस्, मलाई गुहु आइसक्यो ।
चक्रङधिक्मा :
(हत्तारिँदै) हन यो हेत्छाकुप्पा के भन्छ ?
हेत्छाकुप्पा :
(आत्तिँदै) मलाई गुहु आइसक्यो भनेको ? यहीँ हगिदिऊँ ?
चक्रङधिक्मा :
(हतारिएर तोङवात राख्दै) ए...ए...हेत्छाकुप्पा । पर्खी है, पर्खी । त्यहाँ तोङवातमा नहग है । म तोङवात राख्दै छु । (चक्रङधिक्माले तोङवात राख्दा–राख्दै हेत्छाकुप्पा उफ्रिएर जाँदा चक्रङधिक्मा भुइँमा लड्छ । चक्रङधिक्मा उठेर लुगा टक्टकाउँदै हेत्छाकुप्पाको छेउमा गएर) हेत्छाकुप्पा, गुहु आयो भनेर तिमीले मलाई झुक्याएर बाटोबाटै फर्किएर पनि फेरि ङाक्सी खानु थाल्यौ । मचाहिँ भने भोकले मर्नु आँटे । (प्रसङ्ग बदलेर देबे्रहातको कान्छी औँला देखाउँदै) हेर न हेत्छाकुप्पा, तिमीले लडाउँदा मेरो हात नै भाँचियो । (शरीर छाम्दै) आइया...ऽऽऽ...
हेत्छाकुप्पा :
(अचम्म मान्दै) हँ, तपाईंको हातै भाँचियो रे !
चक्रङधिक्मा :
(हेत्छाकुप्पाको नजिक गएर कान्छी आँैला देखाउँदै) हो हेत्छाकुप्पा, मेरो हात नै भाँचियो ।
हेत्छाकुप्पा :
(ङाक्सीको बोटबाट लम्किएर हेर्दै) हो र ! खै हेराँै ।
चक्रङधिक्मा :
(हेत्छाकुप्पालाई देबे्रहात देखाउँदै) ल हेर, हेत्छाकुप्पा । (चक्रङधिक्माले हात देखाएजस्तो गरेर हेत्छाकुप्पालाई ङाक्सीको बोटबाटै लडाइ झारेर तोङवातमा बोकेर लान्छ ।)
हेत्छाकुप्पा :
(चिच्याउँदै) नाई...ऽऽऽ..., नाई...ऽऽऽ...बचाऊ...ऽऽऽ...बचाऊ...ऽऽऽ ... बचाऊ...ऽऽऽ... आमा, आपा । बचाऊ आमा । बचाऊ नानाची । मलाई छोडिदेऊ चक्रङधिक्मा । मलाई छोडिदेऊ ।
चक्रङधिक्मा :
(हेत्छाकुप्पालाई तोङवातमा बोकेर लाँदै) हेत्छाकुप्पा, तँ ता खुब चलाख भएर भाग्थिस नि ! लु भाग अब । कसरी भाग्दो रैछस्, हेरौँ न म पनि । तैँले मलाई खुब दुःख कष्ट दिएको थिइस् नि ! अब लु भाग । सधैँ चलाख भएर भाग्छस् ?
हेत्छाकुप्पा :
(चिच्याउँदै) नाई आमा मलाई बचाऊ, मलाई बचाऊ आमा । मलाई बचाऊ नानाची...! (चक्रङधिक्माले तोङवातमा बोकेर हेत्छाकुप्पालाई लान्छ । हेत्छाकुप्पा चिच्याएर गुहार माग्दै रोइरहेको हुन्छ । दुःखदको सङ्गीतको धुन बज्नु थाल्छ । त्यहीबेला प्रकाश बिस्तारै विलयन हुन्छ ।)
(पर्दा खस्छ ।)